नेपाली राष्ट्रिय क्रिकेट टिमको अमेरिकामा विजयी शुरुवात

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा विजयी शुरुवात गरेको छ । टी- २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन बनाएको थियो ।

अमेरिकाका लागि शायान  जहानगिरले अविजित ६० रन बनाए भने आन्द्रेज गोउसले ३० तथा मिलिंद कुमारले २२ रन बनाएका थिए । त्यस्तै नेपालका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३ विकेट लिएका थिए भने गुलशन झा, करण केसी र रिजन ढकालले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९  रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७-२७ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब दोस्रो खेल आइतबार बिहान हुने तालिका रहेको छ ।
 

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका प्रमुख जितेर ठूलो दल बन्दै रेशम चौधरीको उन्मुक्ति पार्टी