न्युकासल युनाइटेडमा साउदी अरबको लगानी

लन्डन । इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गर्ने भएको छ । साउदीको कोषले ३ सय मिलियन पाउन्डमा न्युकसलको स्वामित्व खरिद गर्न लागेको हो ।

यसअघि टोलीका मालिक रहेका माइक एस्लीले क्लबलाई राम्रोसँग सम्हाल्न नसकेको आरोप लाग्दै आएको छ । साउदीको लगानीसँगै अब ट्रान्सफर बजारमा न्युकासल आक्रामक रूपमा आउने अपेक्षा गरिएको छ । यसअघि म्यानचेस्टर सिटीमा पनि अबुधावीका शेख मन्सुरले लगानी गरेपछि क्लबको मुहार नै फेरिएको थियो । यद्यपि, न्युकासलको खरिद प्रक्रियामा प्रिमियर लिगले स्वीकृत गर्न बाँकी छ ।

दुवै पक्षबाट कागजी प्रक्रिया सकिएको र खरिद रकमसमेत चुक्ता भइसकेको छ । अब प्रिमियर लिगले सम्पूर्ण प्रक्रिया अध्ययन गरेर केही साताभित्र औपचारिक निर्णय गर्ने बुझिएको छ । साउदीले क्लबको ८० प्रतिशत स्वामित्व खरिद गर्न लागेको हो । बाँकी २० प्रतिशत भने आमान्डा स्टेभेली र रुबेन परिवारको नाममा रहेको छ ।

साउदीको खरिद प्रक्रिया स्वीकृत भएपछि यासिर अल रुमाएन क्लबको नयाँ अध्यक्ष बन्नेछन् । उनी साउदी अरबको नागरिक लगानी कोषका गभर्नर हुन् । उनी विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी आराम्कोका अध्यक्ष हुन् । उनी विश्व प्रतिष्ठित ट्याक्सी सेवा प्रदायक उबरको पनि बोर्डमा छन् । उनलाई साउदीका राजकुमार मोहमद बिन सलमानको साथ रहेको छ ।

कोरोना महामारीका कारण एस्लीले न्युकासल बेच्ने प्रक्रियामा केही लचकता अपनाएका थिए । उनले आफूले तोकेको मूल्यभन्दा ४० मिलियन पाउन्ड कममै क्लब हस्तान्तरण गरे । साउदीले प्रिमियर लिगमा बुझाएको कागजातमा च्याम्पियन्स लिगमा खेल्नेदेखि नयाँ विज्ञापन स्रोत जम्मा गर्ने बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न