दैलेखमा किसानलाई हिउँदेबाली लगाउने चटारो

दैलेख । दशै सकिए लगतै यतिवेला किसानलाई हिउँदे बाली गहुँ जौं,मसुरो छर्ने कामको चटारोले भ्याई नभ्याई छ । हिमाली जिल्लामा हिउँदे वाली छर्ने काम सकिएपनि पहाडी जिल्लामा किसानलाई कामको खेतीवारीको कामले फुर्सद छैन । धानवाली काट्ने,गहुँ जौं छर्ने काममा किसान व्यस्त छन् ।

तत्काल माटोमा केही चिसोपना हुने र पछि त्यही चिसोपना पनि नरहने भएकाले कात्तिकको पहिलो साताबाट गहुँ छर्न सुरु गरेको ठाटीकाँध गाउँपालिका –२ टमटाल्लाका शेर बहादुर थापाले बताए । आकाशको भर पर्ने हो र ढिलो गहुँ छर्ने हो भने माटोमा भएको ओसिलो र चिसोपना पनि उडिहाल्छ । ‘अहिले माटो पनि ओसिलो भएकाले समयमै गहुँ छर्ने काम भ्याई नभ्याई छ,उनले भने ।’

दैलेखका पहाडी तथा उच्च पहाडी क्षेत्रमा यो समय गहुँ छर्ने समय भएको ठाटीकाँध गाउँपालिका –१ खातीगाउँका कृषक नौले सुजी बताउँछन् । यो समय गहुँ छर्ने हाम्रो पुर्खादेखीकै चलन हो । दशै अगाडी पानी परेकोले जमिनमा चिसोपना रहीरहन्छ,गहुँ र जौं ले राम्रो उत्पादन दिने उनको भनाई छ ।

जिल्लामा कृषकहरुले असोज १५ देखि गहुँ छन सुरु गरे कात्तिक १५ गतेसम्म गहुँ छरेर सक्ने कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख राजुभूज गुप्ताले बताए । जिल्लामा कृषकहरुले असोज १५ देखि कात्तिक १५ सम्म पाखो बारीको गहुँ छरेर सक्ने हुन्छ । दैलेखको पाखोवारीमा २० प्रतिशत गहुँ छर्ने काम सकिएको छ,उनले भने ।

किसानलाई जलवायु परिर्वतनको असरले दुःख दिन्छ । कहिले समयमा पानी नपरेर त कहिले बाली काट्ने समयमा अत्याधिक वर्षा सँगै हावाहुरी र असिना पानीले । यो समयमा वर्षा भएकाले कृषकलाई राहत भएकोे छ तर, पुस माघको महिनामा वर्षा नहुँदा उत्पादन घट्ने र बाली कटानको समयमा हावा हुरी असिनाले नोक्सान पु¥याउने गरेको प्रमुख गुप्ताको भनाई रहेको छ ।

जिल्लामा कृषकहरुले करिब १३ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा गहुँ छर्ने गरेको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।

दैलेखमा ४३ हजार १ सय २१ हेक्टर क्षेत्रफल खेती योग्य जमिन छ तर, पहिलेको तुलनामा अहिले कमै मात्र जग्गामा खेती गर्ने गरेको पाइएको छ । ४३ हजार एक सय २१ हेक्टर क्षेत्रफल मध्ये हाल ३३ हजार ३ सय ७८ हेक्टर क्षेत्रफलमा किसानले खेती गर्छन भने ९ हजार ७ सय ७८ हेक्टर क्षेत्रफलको जमिन बाँझो रहेको कृषि विकास कार्यालय दैलेखको तथ्यांकमा उल्लेख छ ।

कृषकलाई सहुलियतमा गहुँको बिउ वितरण
चालु आर्थिक बर्षमा हिउँदे बाली गहुँ छर्ने सिजन शुरु भएसँगै कृषि विकास कार्यालय दैलेखले कृषकहरुलाई सहुलियतमा गहुँको विउ वितरण सुरु गरेको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए । जिल्लामा गहुँको उत्पादन बढाउनका लागि उन्नत जातको विउ आईतवार देखि वितरण गरिएको छ । गहुँ उत्पादन बढाउनका लागि हरेक वर्ष विउ बितरण गर्ने गरेको छ । ‘विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि कृषकलाई ५० प्रतिशत अनुदानमा बिउ बितरण गरेका छौँ, ’ गुप्ताले भने ।

यो वर्ष करिब ३८ क्वीन्टल उन्नत जातको गहुँको विउ वितरण गर्ने कृषि विकास कार्यालय दैलेखको लक्ष्य रहेको छ । अनुदानमा बिउ लिनको लागि कृषकले पहिलेजस्तै जिल्लामै पुग्नुपर्ने बाध्यता छैन । कृषकले गहुँको विउ पाउनको लागि पहिलेजस्तै जिल्ला वा कार्यालयमै धाउनु पर्ने बाध्यता हटाएका छौँ,’प्रमुख गुप्ताले भने, ‘कृषकले ५० प्रतिशत अनुदानमा बिउ प्राप्त गर्नका लागि पालिकाको कृषि शाखाबाट प्रस्ताव पेश गर्न सकिने छ ।’

उन्नत जातको विउ प्राप्त गर्नका लागि विगतका वर्षहरुभन्दा यो वर्ष बिउ माग गर्नेहरुको संख्या बढेको छ । विगतका वर्ष भन्दा यो वर्ष ४०९ वटा फर्म तथा सहकारीहरुले प्रस्ताब पेश गरेको कृषि विकास कार्यालयले जनाएको छ । पहिले जिल्लामा दुर्गम मानिने ठाटीकाँध गाउँपालिका, नौमूले गाउँपालिका आठबिस नगरपालिकाबाट पनि यो वर्ष ५०–६० वटा प्रस्ताव आएको गुप्ताले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढी उपमहानगरले गर्‍यो फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समावेश