सामाजिक दुरी कायम गर्दै बरिष्ठ उद्योगपति काबराको काजकिरिया


सप्तरी राजविराज । बरिष्ठ उद्योगपति सिताराम कावराको निधनमा उनका परिवारजनले सामाजिक दुरी कायम गर्दै काजकिरिया तथा धार्मिक अनुष्ठानको थालनी गरेका छन् ।

उद्योग वाणिज्य संघ सप्तरीका पूर्व अध्यक्ष समेत रहेका हनुमाननगर कंकालिनी नगरपालिका ९ निवासी ९६ वर्षिय कावराको गत वैशाख १ गते निधन भएको थियो । वैशाख १ मै जन्मेका उनको संयोगवंश मृत्यु दिन पनि वैशाख १ नै बन्यो । उनको मारवाडी धर्म संस्कृति अनुसार १२ दिनसम्म काजकिरियाको काम गरी १३औं दिन शुद्ध शान्ति भोज गरी सम्पन्न हुने छोरा श्री राम कावराले बताए ।

काज किरियाका क्रममा परिवारका सदस्यहरुले आफ्नै घरमा एक आपसको भौतिक दुरी कायम गर्दै हरि कथा र भजन किर्तन समेत संचालन गरेका छन् । ‘आफ्नो मृत्यु संस्कारमा बढी भन्दा बढी मान्छेलाई बोलाएर खुवाउनु र धार्मिक अनुष्ठान गर्नु भन्ने बुवाको इच्छा थियोे, जेठा छोरा गौरी शंकर कावराले भने ‘कोरोना संक्रमणको अहिलेको जोखिमपूर्ण अवस्थाका कारण एक जना पुरोहित, परिवारका सदस्य र केही सम्बन्धित व्यक्तिलाई मात्र सहभागी गराएर बुवाको काज किरिया काम अघि बढाएका छौ ।’ यस अघि गत वैशाख १ गते नै निधन भएका काबराको अन्त्येष्टीमा पनि सहभागीहरु बीच सामाजिक दुरी कायम गर्र्दै सप्तकोशी किनारमा अन्त्येष्टी गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 621 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ