सेभ द सप्तरीको २५ औं वार्षिक साधारण सभामा

राजविराज । सेभ द सप्तरीको २५ औं वार्षिक साधारण सभा र सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो । शुक्रबार संस्थाको २५ औं वार्षिक साधारण सभा तथा २६ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमको प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले सामाजिक उत्तरदायित्व पूरा गर्दै संस्थाले जिल्लाको विकास, स्वरोजगार, गरिबी निवारण तथा शैक्षिक उत्थान लगायतका क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण गरेको बताए ।

“संस्था नाफामूखी मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाहमा समेत महत्वपूर्ण योगदान गरेको छ, उनले भने, “फलस्वरुप सचेतनासँगै विपन्न समुदायको जिवनस्तरमा सूधार र उनका सन्तानको शिक्षामा पहुँच बढेको महसुस गरेका छौं ।”

कार्यक्रममा अध्यक्षयीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ध्रुब प्रसाद देवले स्थापना कालदेखी नै सामाजिक विकासका बहुआयमिक क्षेत्रहरुमा विभिन्न सरकारी तथा अन्तराष्ट्रिय÷गैरसरकारी निकायहरुसँग समेत सहकार्य र समनवय गरि सामाजिक सेवा प्रदान गर्दै आएको बताए ।

अध्यक्ष देवद्वारा प्रस्तुत प्रतिवेदनमा सेभ द चिल्ड्रेन, द एशिया फाउन्डेशन र हेबिटेट फर ह्युमिनिटी लगायतका संस्थाको सहयोगमा गत आर्थिक वर्ष २०८०÷८१ मा ८ करोड ९५ लाख १७ हजार ४ सय ४९ रुँपैया बराबरको विभिन्न कार्यक्रममा लगानी गरिएको उल्लेख छ ।

संस्थाले सेभ द चिल्ड्रेनको सहयोग तथा सहकार्यमा सन् २०१३ देखी जिल्लामा समुन्नती कार्यक्रम अन्तरगत मातृ तथा नवजात शिशु, बालविकास, आधारभुत शिक्षा, विद्यालय स्वास्थ्य पोषण, किशोरकिशोरी विकास, यौन तथा प्रजनन्, स्वास्थ्य र जिविकोपार्जन कार्यक्रम अन्तरगत थुप्रै क्रियाकलाप गर्दै आएको अध्यक्षयीय प्रतिवेदनमा उल्लेख छ ।

युएसएआइडी, नागरिक समाज र संचार तथा दक्षिण एशिया फाउन्डेशनको सहयोग र सहकार्यमा समावेशी शिक्षका लागि छिन्नमस्ता र तिलाठी कोइलाडी गाउँपालिकाको २४ विद्यालयमा कार्यक्रम हुँदै आएको अध्यक्ष देवले बताए ।

हेविटेट फर ह््युमिनिटी नेपालको सहयोग र सहकार्यमा सफा परियोजना अन्तरगत खानेपानीको जाँच, चर्पी निर्माण, ट्युवेल जडान, आगलागि पीडितका लागि घर निर्माण लगायतका कार्यहरु अघि बढेको उनले जानकारी दिए ।

कार्यक्रममा कोशी पीडित समाजका अध्यक्ष देवनारायण यादव, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक जसबिर सारु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जोगेश्वर खडगा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साह, धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष ईं सुर्यनारायण यादव, रामजानकी कृषक समुहका सल्लाहकार रामचन्द्र खंग लगायतले पनि शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने