राहतको नाममा कुहिएको दाल बाँडने मेयर पक्राउ

बारा । राहतमा कुहिएको दाल बाँडेका नगरप्रमुख (मेयर) राजेश राय यादव पक्राउ परेका छन ।

लकडाउनमा गरिव असाहयहरुलाई राहत बाँडन सरकारले निर्णय गरेसँगै मेयरले आफु मताहतका वडाध्यक्षलाई कुहिएको दाल वितरण गर्न लगाएको आरोपम पक्राउ गरिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताएका छन् ।

कलैया उपमहानगरपालिकाका वडा नम्वर १ का हरिओम सोनार, वडा नम्वर ७ का सफुल्लाह असारी, वडा ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ का राजनप्रसाद कुर्मी र २६ का महेश साह लगायत प्रहरी नियन्त्रणमा रहेका छन ।
कलैया उपमहानगरपालिका वडा नम्वर २० का वडा सचिव खेदु मिया, यादव कोल्ड स्टोरका मुन्सि कृष्ण यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजनाराण शर्मालाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले गत चैत्र २९ गते कलैया उपमहानगरपालिका वडा नम्वर ७ स्थित यादव कोल्ड स्टोरमा पहिलो पटक अनुगमन गर्दा गोदाममा रहेको ९ हजार ५ सय केजी रहरको दाल शिलबन्दी गरी नमुना संकलन गरी परिक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा पठाएको थियो ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले राहतमा बाडिएको कुहिएको दाल खान अयोग्य रहेको रिपोर्ट पठाएपछि प्रशासन एक्सनमा आएर वडाध्यक्ष देखि मेयरसम्मलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको बयानपछि पुन यादव कोल्ड स्टोरमा बैशास ८ गते छापा हान्दा थप २२ हजार ५ सय किलो रहरको दाल बरामद गरी सोमबार साँझ सिल गरेको थियो ।

मेयर पक्राउसँगै केहि मधेशवादी दलका संसदहरुले प्रहरी कार्यलयमा पुगी छोडाउन दबाव दिएकोे प्रहरी उपरिक्षक पंगेनीले जनाकारी दिए ।

यादव कोल्डस्टोर नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य राधेचन्द यादवको नाममा रहेको छ । प्रहरी नियन्त्रणमा रहेका नगरप्रमुख यादव उनका छोरा हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित)