घरमै पुगेर नागरिकता प्रदान

गुल्मी । जिल्ला प्रशासन कार्यालय, गुल्मीले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । सोमबार मदाने गाउँपालिका –४ निवासी ‘क’ वर्गका अपाङ्ग समेत रहेका नारायण सेन ओलीलाई नागरिकता प्रदान गरेको हो ।

मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले संयुक्त रुपमा ओलीलाई नागरिकता प्रदान गरेका हुन् । ०६१ साल असार २१ गते बुवा खेत बहादुर वली क्षेत्री र आमा पवित्रा ओली क्षेत्रीको कोखबाट जन्मिएका नारायण सात बर्ष अगाडी बिरामी परे । त्यसपछि उनको चितवनमा टाउकाको शल्यक्रिया भयो ।

पछि प्यारालाइसिस भयो र शरिर चल्न छोड्यो । घरका परिवारले पनि कुनै वास्ता नगरेपछि उनी आमासँगै मावली घर मदाने –०७ भनभनेमा बस्दै आएका छन् । उनको अहिले आमा र मामाले स्याहार–सुसार गर्दै आएका छन् । नारायणलाई सवारी साधनमा सदरमुकाम तम्घाससम्म पनि लैजाने स्थिति नभएपछि परिवारले घरमै नागरिकता दिलाउनका लागि वडामा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा वडा कार्यालयले गरेको समन्वयका आधारमा प्रशासनले घरमै नागरिकता पु¥याएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत फुल्लेलले अपाङ्ग नागरिकलाई घरमै पुगेर सेवा दिने कार्यालयको अभियानअन्तरगत आफुहरुले ओलीलाई नागरिकता दिएको बताए । ओलीकी आमा पवित्राले घरमै नागरिकता दिने टोलीलाई धन्यवाद दिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ