कालिकोट । गतअसोज ३० गते आगलागीबाट प्र्रभावित भएका तिलागुफा ६ जुविथाका आगलागी पीडितलाई नेत्रविक्रमचन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सोमवार आफ्नै उत्पादनको धान, चामल र लत्ताकपडा राहातवितरण गरेको छ ।
पाटीका स्थायी कमिटी सदस्यतथा सुदुरपश्चिम इन्चार्ज भरत सी (बम) को नेतृत्वमा आगलागी पीडित जुविथापुगेर पीडित परिवारका लागि कालीकोटको रास्कोट ८ भात्तडी जिउलोमा रोपाइ गरेर भित्र्याएको ३ बोरा धान, ५ बोरा चामल, काठमाडौ स्थितविप्लव समुहले संचालन गरेको कपाडा गार्मेन्टबाट कालीकोट लगिएको लत्ता कपडा सहित केही ब्यवसायीबाट जुटाइएको राहात सामग्री हस्तान्त्रण गरेको हो ।स्थायी कमिटी सदस्य भरत बमले गाडीमा गाउनजिकै लगिएको धानआफै काधमा धान बोकेर गाउ पस्दा स्थानीयअचम्मित भए ।
ठूला नेता पनि भारी बोक्दा रहेछन् त अचम्मित हुदै स्थानीय धामी परेकवहादुर शाहीले भने गाडीबाट झारेको धानचामल आफै बोकेर गाउआए ।
कालीकोटको जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णयलाई आत्मसात गर्दै जुविथामा आयोजित कार्यक्रममा तिलागुफा ६ का वडाध्यक्ष पर्वलाल शाही मार्फत सबै पीडित परिवारलाई क्षतिअनुसार पूर्णरुपमा क्षतिभएका, आशिंक क्षतिभएका र न्यून क्षति भएका परिवारलाई घाउमा मलम लगाउन जहाविपद्, त्यहा नेकपाभन्ने नाराका साथ राहात सामर्गी हस्तान्त्रण गरेको स्थायी समिति सदस्य भरत सी ले बताए ।
खेत जोत्ने पाटीको रुपमा चिनिने नेकपाले गतवर्ष जाजरकोटर रुकुमपश्चिमका भुकम्प पीडितलाई पनिआफ्नै उत्पादनको १००बोरा चामल राहातदिएको सुनाउदै कालीकोटको जुविथा आगलागी पीडितका लागि पनि आफैले उत्पादन गरेको धान र कपडा ल्याएर गाउपुगेको बताए । राष्टमाििथको संकट, सामाजिक संकट र प्राकृतिक विपत्तिमा सबै एकजुट भएर सामना गर्नुपर्छ । उनले भने दलीय स्वार्थ भन्दा माथि उठेर मानवीयताका नाताले सक्दाृे सहयोग गर्नुपर्छ । कालीकोटको रास्कोट घर भएका भरतले जुविथाका लागी पीडितका घर निर्माणका लागि सबै तहका सरकार र अन्यको सहयोग आवश्यक रहेको बताए ।
आगलागी पीडितका घरको अवलोकन गर्दै जुविथाका एकै घरभित्र १३ वटा परिवार बस्ने चलन आफूलाई पनिअचम्म लागेको सुनाउदै पीडितका अगलअलग घर निर्माणका लागिपहलगर्नुपर्ने सुझाव राखे । काठमाडौबाट राहात सामग्रील्याएर आएकाजुविथा घर भएका पार्टीका काठमाडौ महानगर इन्चार्ज धनराजशाही सी ले न्तिपुरको समाचार पढेपछि आफ्नो गाउका पीडित घर परिवारकालागि पार्टी र अन्य सँग सहयोग जुटाएर गाउपुगेको सुनाए ।
पीडित घर परिवारका अगुवा मनराज शाहीले पाटीकने तर्फबाट सहयोग गर्ने नेकपालाई धन्यवाद दिदै भने विप्लव त चन्दामात्र माग्छन् भन्ने हल्लागलत रहेछ । उनले थपे आपत विपद्मा परेकालाई सहयोग पनिगर्ने रहेछन् ।
जुविथा गाउमा आगलागीमा परेर ३ घर पूर्णरुपमा क्षतिहुदा २६ परिवार प्रभावित भएका छन् भने हालसम्म पीडित परिपववारले सरकारले दिने नगद राहातअझै नपाएको गुनासो पोखे । जिल्ला प्रशासनले पूर्ण षतिभएका परिवारलाई १५ देखि २० हजार नगददिने भनेको हो । पीडित पम्फा शाहीले गुनासो पोखिन् संघ संस्थाको पाल र ओड्ने बाहेक अरु केहीपाइएको छैन ।
नेकपाले पाटी कार्यकर्तालाई स्वरोजगार बनाउन देशकाविभिन्न ठाउमा कृषिफमका साथै यस वर्ष मात्र कपिलवस्तुमा ९ बिघा, चितवनको माडीमा १४, सुखरपश्चिमको कैलाली कन्चनपुरमा १२, दां¬ १४ सहितअन्य सबै जिललाको गरी १ सय ५० बिघा जमीनमाधान खेती गरेको नेकपाका केन्द्रीय सदस्य ऐनवहादुर शाहीविवेक सीले जानकारी दिए ।
सशस्त्रद्वन्द्वमा माओवादीको आधार इलाकाको रुपमा चिनिएको कालिकोटमा पुन ः विप्लव माओवादीले लोकतातान्त्रिक गणतन्त्रमा पनि परिवर्तन महसुस गर्न नसकेका समुदायलाई संगठित गर्दै परिचालन गरेको छ ।
जनयुद्धको क्रममा सबैभन्दापहिले डिएसपी कैलाशकुमार क्षेत्रीलाई एम्बुस थापेर हत्यागरिएको कालिकोटमा ०५४ मामालकोटको थिव डाडामा महिलामाथि हातपात गर्ने २ जना हतियारधारी सुरक्षाकर्मीलाई महिलाले लखेटेर हत्या गरेका थिए । कोटवाडा, पिलीलगायतका सुरक्षाक्याम्पमा आक्रमण गर्दा ठूलो जनधनको क्षतियही कालिकोटले बेहोरेको थियो । जनयुद्धको क्रममा ५ सय ४९ जनाले ज्यानगुमाएको कालिकोटमा घाइते अंगभंग, बेपत्ताको संख्यापनित्यत्तिकै छ । माओवादी सरकारमा गएर पनिजनताले राहातको महसुस गर्न नपाएको गुनासो बढ्दै गएको बेला विप्लव माओवादी निराशजनता लाई पुर्न क्रान्तिका सपना देखाउन सक्रियभएका छन् ।
माओवादी नेता खड्कवहादुर विश्वकर्मा प्रकाण्डको गृह जिल्ला समेत रहेको कालिकोटमा उनको पार्टि सक्रिय बनेको छ । कालिकोटमा माओवादीका धेरैजसो पुराना नेता विप्लव माओवादीतिर छन् । ०६४ मानिर्वाचित दुवै जना सभासदविश्वकर्मा र धिरेन्द्राउपाध्याय, भरत बम रणवीर, एटम विसी, कर्णवहादुर भण्डारी, नवीन विश्वकर्मा हितमान, मनिलाल ऐडी राणदीप लगायतका नेताहरु यही समुहमा भएपनि ०७९ को स्थानीयतह चुनावमा स्वतन्त्रको रुपमा चुनाव लडेका विप्लव समुहका नेता कार्यकर्ताले लज्जास्पदहार बेहोरेका थिए । यसको प्रमुख कारण चन्दा सहयोगभएको ठहर गर्दै पाटी उत्पादन सँग जोडिएर जनता संगठित गर्न लागेको जनाइएको छ ।