भारतको बलरामपुरमा कार दुर्घटनामा २ नेपालीको मृत्यु

कपिलवस्तु । भारतको उत्तरप्रदेशस्थित बलरामपुर्मा कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

भारतको बलरामपुरमा पाँच जना सवार कार बससँग ठोक्किएपछि भएको दुर्घटनामा कपिलवस्तु बाणगङ्गा नगरपालिका- ९ का दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका-६ का अनिल सापकोटाको मृत्यु भएको हो ।

उनीहरु तिहार मनाउन आफ्नो घर फर्किने क्रममा दुर्घटना भएको बताइएको छ ।

भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेका थिए। दुर्घटनामा सवार मृतक बेल्बासेकी पत्नी शारदा, सोही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालनमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,178 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ