१ सय १ वर्षीया वृद्धाले बाँडे विपन्न तथा दलितलाई खाद्यान्न

सप्तरी, राजविराज । लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दलितलाई एक वृद्धाले वुधवार राजविराजमा राहत वितरण गरेको छ । राजविराज–७ निवासी १ सय १ वर्षीया सुमनदेवी जोशीले आफ्नो घरमा २६ विपन्न तथा दलित परिवारलाई चामल र नून लगायतका राहत सामग्री वितरण गरेकी हुन ।

प्रतिपरिवार २५ किलो चामल र २ किलो नून वितरण गरिएको छ । ‘हजुरआमाको वृद्ध अवस्थामा यसरी समस्यामा परेकाहरुलाई केही सहयोग गर्ने निकै अभिलाशा थियो,’ उनका नाति हरेराम जोशीले भने ‘सोही अभिलाशा पूरा गर्न राजविराज नगरपालिका तथा रुपनी गाउँपालिकाको दलित बस्ती पुगि पहिचान गरिएका २६ विपन्न तथा दलित परिवारलाई घरमै ल्याई हजुरआमाकै हातबाट राहत वितरण गरिएको हो।’

लकडाउनका कारण वेरोजगार भई समस्या परेका विपन्न दलित समूदायका व्यक्तिहरु राहत सामग्री पाएपछि खुशी भएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ