मधेश केन्द्रित दुई दलबिच एकता, चुनाब चिन्ह छाता

काठमाडौं । मधेस केन्द्रित दुई राजनीतिक दलले मध्यराती एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी वीच ऐतिहासिक एकता सम्पन्न भएको हो । सहमतीपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने र पार्टीको नाम ‘जनता समाजवादी पार्टी, नेपाल’ रहने उल्लेख छ ।

कम्युनिष्ट र कांग्रेसको विकल्पमा भरपर्दो अग्रगामी लोकतान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यले पार्टी एकता गरिएको शीर्ष नेताहरुको भनाई छ ।

पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको प्रयोग गर्ने सहमतिमा उल्लेख छ । झण्डा आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ ।

एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ । सहमतिपत्रमा राजपका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

आज काग तिहार पर्व मनाइँदै, यस्तो छ शास्त्रीय मान्यता