किन डीबीलियर्स चुनिए

नयाँ दिल्ली । दक्षिण अफ्रिकाका सुपरस्टार एबी डीवीलियर्सलाई आईपीएलको १३ वार्षिकोत्सवको अवसरमा यस प्रतियोगिताको इतिहासमा सर्वकालीन महान् ब्याट्सम्यान घोषणा गरिएको छ । एबीले विराट कोहली, डेविड वार्नर, क्रिस गेल, महेन्द्र सिंह धोनी, सुरेश रैना र आन्द्रे रसेलजस्ता महान् खेलाडीलाई पछाडि पार्दे उनी महान् ब्याट्सम्यानका घोषित भए ।

डीवीलियर्सको प्रशंसक विश्वभरि रहेका छन् । आईपीएलमा उनले ४ हजार ३९५ रन जोडेका छन् । उनको स्ट्राइक रेट १५१.२३ छ । यो तथ्यांकले पनि उनलाई अन्य क्रिकेटरभन्दा फरक रहेको देखाउँछ । आरसीबीको होमग्राउन्ड चिन्नास्वामी स्टेडियममा डीविलियर्सका प्रशंसकको क्रेज देख्न पाइन्छ । उनलाई मिस्टर ३६० का रूपमा पनि चिनिन्छ । विश्वका चर्चित बलरको आक्रमणलाई पराजय गर्न सक्ने क्षमता रहेका ब्याट्सम्यानले आईपीएलमा पाँचपटक १०० भन्दा बढी रन जोडेका छन् । उनले कप्तान विराट कोहलीसँग मिलेर २ पटक २ सय प्लसको साझेदारी खेलेका छन् ।

आईपीएलका तीन शतक प्रहार गरिसकेका ३६ वर्षीय ब्याट्सम्यानले कतिपय नयाँ सटको समेत जन्म दिएका छन् । एबीडीको विषयमा बोल्दै न्युजिल्यान्डका पूर्वबलर तथा स्टार स्पोटर्स विशेषज्ञ डैनी मारिसनले भने, ‘उनले ग्राउन्डको सबैतिर सट प्रहार गर्ने क्षमता राख्दछन् ।’

सन् २०१८ मा अचानाक इन्टरनेसनल क्रिकेटबाट सन्न्यास लिएका एबी डीवीलियर्सको स्थान आजसम्म दक्षिण अफ्रिकी टिममा कसैले लिन सकेको छैनन् । टिमलाई उनीजस्ता महान् खेलाडी प्राप्त हुन सकेको छैन । त्यसैले होला समयसमयमा उनले वल्र्डकप टी–२० अघि सन्न्यास फिर्ता लिन सक्ने खबर आइरहेको हुन्छ । डैनी मारिसनबाहेक एक्सपट्र्सको त्यो प्यानलमा ग्रिम स्मिथ, टाम मुडी, इयान विशप एलन विलकिंस, डैरेन गंगा र माइकल हेसनजस्ता व्यक्ति रहेका थिए । उनीहरूलाई आईपीएलको इतिहासमा सर्वकालीन महान् ब्याट्म्यान चयन गर्ने जिम्मेवारी दिइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे