रौतहट । क्रियाशील संचारकर्मीलाई लकडाउनमा समाचार संकलन गर्न सहज बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्कीले क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट उपलब्ध गराएका छन् ।
पत्रकार कार्कीले रौतहटका केही क्रियाशील पत्रकारहरुलाइ पनि बिहीबार ज्याकेट उपलब्ध गराएका छन । ललितपुरबाट संचालित दैनिकी न्युज डटकमका सम्पादक समेत रहेका कार्कीले रौतहटलगायत देशको बिभिन्न जिल्लाहरुमा प्रेस ज्याकेट वितरण गरेका हुन ।
प्रेस ज्याकेट लगाएर रिपोर्टिंगमा निस्कदा प्रहरीले पहिचान गर्न सजिलो हुने र झमेला नहुने भएकोले प्रेस ज्याकेट वितरण गरिएको पत्रकार कार्कीले जानकारी दिए । आफनै ब्यक्तिगत लगानीमा काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुलीलगायत बिभिन्न जिल्लाहरुमा डेढ सय थान ज्याकेट वितरण गरेको पत्रकार कार्कीले जानकारी दिएका छन ।
मकवानपुर, बारा, पर्सामा पनि प्रेस ज्याकेट पु्र्याउने प्रकृयामा रहेको उनले जानकारी गराए । ज्याकेटले समाचार संकलमा सहजता आउने पत्रकार अशोक पहाडीले बताए । लकडाउनको बेला पत्रकारहरुको लागी प्रेस ज्याकेट अनिबार्य भएको पत्रकार पहाडीको भनाइ रहेको छ । ज्याकेटले समाचार संकलन गर्न सहज हुने अर्का पत्रकार सुब्बा कार्कीले बताएका छन ।