प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सहमत भएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबारको छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।

गत सोमबार मन्त्रिपरिषद्को बैठकले दुई अध्यायदेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन अध्यायदेश स्वीकृत गरेर लागू गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।

प्रतिपक्षी दल नेपाली काँग्रेसलगायत संसदमा रहेका चार राजनीतिक दलले अध्यादेश फिर्ता नलिए आन्दोलनमा जाने कुरामा हिजै सहमत भएका थिए । नेकपा पार्टीभित्रका अधिकांश नेताहरुको विरोधपछि अध्यादेशका पक्षमा वकालत गर्दै आएका प्रधानमन्त्री ओली सांसदहरुसँगको छलफल स्थगित गर्दै अध्यादेश फिर्ता लिन बध्या भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीबीच अध्यादेश’bout छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरका मेयर उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउने