मुग्लानको नासो मलेरिया : दैलेखमा मलेरियाका ९ जना बिरामी भेटिए

दैलेख । दैलेख जिल्लामा ९ जना मलेरिया बिरामी भेटिएका छन् । रोजगारीको लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखा परेको हो ।

नेपालबाट निवारणको अवस्थामा यो रोगबाट ५ बर्षीय बालक समेत पीडित छन् । बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्तिबाल अस्पताल काठमाडौंको उपचारको क्रममा मलेरिया भएको पत्ता लागेको हो । बिरामीहरुको अहिले उच्च निगरानीमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

मलेरियाका बिरामीहरु दैलेख क्षेत्र –२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नम्बर –१ को महावु गाउँपालिका र डुंगेश्वर गाउँपालिकाबाट भेटिएको जनाइएको छ । मलेरिया रोग अन्यत्र सर्न नदिनको लागि सर्तकता अपनाएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निराजन पन्तले बताए । पन्तले भने, ‘मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जांच गरि सर्तक रहन सल्लाह र परामर्श दिने गरेका छौं ।’

जिल्ला अस्पतालका वरिष्ठ ल्याव असिष्टेन्ट टकवहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका ४ जना मलेरियाका बिरामी भेटिएको र अन्य ५ जनाको जिल्लाबाहिर उपचारको क्रममा मलेरिया भेटिएको जनाएको छ । सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा. मदन कोइरालाका अनुसार मलेरियाका ९ जना बिरामी भेटिएपछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारी रुपमा स्थानीयबासीमा जनचेतना जगाउनु पर्ने बताए । ‘रोजगारीका लागि मुग्लान जाने फर्किदा मलेरियाको संक्रमित भई फर्किने हुनाले संक्रमितको उपचार र हुनसक्ने संक्रमणलाई रोक्न स्थानीय सरकार विशेष महत्व दिएर लाग्नुपर्छ’, उनले भने ।

नेपाल सरकारको नीति अनुसार एक जनामात्र मलेरिया बिरामी भेटिएको अवस्थामा तत्काल निगरानीमा राखी निशुल्क उपचार गर्नुपर्ने साथै बिरामीका कारण परिवार र छिमेकीमा सर्नबाट रोक्न विशेष स्वास्थ्यकर्मी टोलीवाट चेकजाँच गर्नुपर्ने व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेको ६ पालिकाको नतिजा सार्वजनिक, ५ वटामा काँग्रेस १ पालिकामा माओवादी केन्द्र