खाद्यान्हको नाममा घडी र चश्मा पसल खोलेपछि औषधी पसल मात्रै खोल्न दिने निर्णय

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार देखि दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी लगायत पसल खोल्न दिने निर्णयबाट जिल्ला प्रशासन कार्यालय सुनसरी एकै दिनमै पछाडि हटेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले दैनिक विहान तीन घण्टा पसल खोल्न पाईने बताएको भएपनि एकदिनमै निर्णय उल्टाएर प्रशासन पछाडि हटेको छ । शुक्रबारदेखि औषधी बाहेकको कुनै पनि पसल खोल्न नदिइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार खाद्यान्न पसलको नाममा घडी, चस्मा लगायत पसलहरु पनि खुलेको र बेथिति बढेको चौतर्फी गुनासो आएपछि शुक्रबारबाट औषधी पसल बाहेक अन्य पसल खोल्न नदिने निर्णय भएको छ । आवश्यक परेको खण्डमा तरकारी, खाद्यान्न, दूध लगायतका दैनिक उपभोग्य वस्तु होम डेलिभरीको व्यवस्था गर्नका लागि भने खुल्ला रहेको तर पसल भने खुल्न नदिने उनको भनाई थियो । शुक्रबारबाट लकडाउनलाई थप कडा र प्रभावकारी बनाइने उनले बताए ।

यसअघि बुधबार प्रशासनले जिल्लाका खाद्य पसल खुल्ला गर्दा अस्वभाविक रुपमा भीँड भएको थियो । भीँडका कारण जोखिम हुने स्थानीय मानिसहरुले बताएपनि बाध्यता भएर सामान खरीद गर्नुपरेको गुनासो गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ