सुदूरपश्चिममा कोरोनामाथि एकपछि अर्को सफलता, पाँच दिनमा चारजना घर फर्के

धनगढी । पाँच जनामा कोरोनाभाइरस (कोभिड १९) पुष्टि भएपछि निकै त्रसित बनेको सुदूरपश्चिमले पछिल्लो समय भने कोरोनामाथि एकपछि अर्को सफलता पाइरहेको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेका पाँचजना कोरोना भाइरस संक्रमितमध्ये चारजनाको कोरोना संक्रमण निको भइसकेको छ ।
सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बिहीबार मात्रै कैलालीको लम्कीचुहा नगरपालिका १ की ५० वर्षीया महिला कोरोना जितेर घर फर्किएको बताए । उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेर बिहीबारै घर पठाएको सुचना अधिकारी श्रेष्ठले जाकारी दिए ।
उनी १७ चैतमा वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी थिइन् । क्वारेन्टाइनबाट २८ चैतमा घर गएकी उनको १ वैशाखमा कोरोना पुष्टि भएको थियो ।
‘पाँच दिनको अवधिमा चारजनामा कोरोना संक्रमण निको भएर घर पठाएका छौं,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘अब अस्पतालमा कोरोना संक्रमित एक जना महिला मात्र उपचाररत छन् । उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ उनी धनगढी उपमहानगरपालिका वडा नम्वर ५ की रहेकी छन् ।
यसअघि आइतबार कैलालीको लम्कीचुहाका २१ वर्षीय राजु विक र मंगलबार धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय अमृत शाही तथा बुधबार कञ्चनपुरको वेदकोटका ४० वर्षीय इन्द्र विक कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि