टी–२० वल्डकप’bout म्याकुलम

न्युजिल्यान्डका पूर्वकप्तान तथा इन्डियन प्रिमियर लिग फ्रेन्चाइजीका कोच ब्रेडन म्याकुलमले पुरुष टी–२० वल्र्ड कपलाई अघिल्लो वर्षसम्म स्थगित गर्नुपर्ने बताएका छन् । उनले बरु आईपीएलको आयोजना गर्न आवश्यक रहेको बताएका छन् । कोभिड–१९ को महामारीका कारण विश्वका खेल गतिविधि यतिबेला स्तब्ध भएका छन् । अस्ट्रेलियामा १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म हुने २०२० टी–२० विश्वकपको आयोजना स्थगित हुने सम्भावना बढेर गएको छ ।

कोरोना भाइरसको महामारीकै कारण इन्डियन प्रियिमर लिग (आईपीएल)को १३औं संस्करणमा पनि अनिश्चित समयसम्मका लागि स्थिगित गरिएको छ । आईपीएल २९ मार्चमा सुरु हुनुपर्ने थियो । मैक्कुलमले एक मिडियासँग भएको च्याटमा भने, ‘आईपीएलले अक्टुबरमा गर्नेगरी काम ग¥यो भने राम्रो हुन्छ । वल्र्डकप अलि पछि हँुदा हुन्छ ।’

यसैगरी, महिला एक दिवसीय वान डे विश्वकप न्युजिल्यान्डमा २१ फेब्रुअरीमा आयोजना गर्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित