सिरहा चोहर्वा खण्ड बिहानैदेखि अवरुद्ध

सिरहा । सिरहाको चोहर्बा सडक खण्ड अवरुद्ध बनेको छ । चोहर्बा खण्डको भलुवाही चोकमा बुधवार साँझ सिरहा नगरपालिका वडा नं. ११ मा अटोको ठक्करबाट स्थानीय १८ वर्षीय नीरज कामतीको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै परिवारजनले उक्त सडक खण्ड अवरुद्ध गरेका हुन् ।

मृतकलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गरेपछि सिरहा सदरमुकाम जाने आउने सवारीका साधनहरू बिचबाटैमा अलपत्रमा परेका छन् ।

हिजो साँझ करिब ८ बजेतिर बाटो क्रस गर्ने क्रममा कामतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनाको छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ