हायसले ठक्कर दिँदा घटनास्थलमा मृत्यु

उदयपुर । बिहान मनिङवाकमा निस्केका एक जनालाई गाईघाटबाट काठमाडौं हिडेका हायसले ठक्कर दिँदा घटनास्थलमा नै ज्यान गएको छ । गाईघाट – दिक्तेल सडक खण्डको त्रियुगा नगरपालिका– १० बोक्सेस्थित कोष तथा लेखा नियन्त्रण कार्यालय अगाडी बा प्र –०१ –००६ ख ५८७१ को हायसले मनिङवाक हिडिरहेको त्रियुगा नगरपालिका– ११ चप्पनका ५६ वर्षिय बरमशेर राईको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजन चाँपागाईले जानकारी दिए ।

शनिवार बिहान ५ः५० बजेतिर तिर बोक्सेबाट यात्रु चढाएर गाईघाट हुँदै काठमाण्डौ हिडेका हायसले ठक्कर दिएको हो । हायसलाई भने ईलाका प्रहरी कार्यालय जलजलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ज्यान गुमाएका राईको परिवार सम्र्पकमा नआएकाले उनको शब पोष्टमार्डमका लागि जिल्ला अस्तपालको शब गृहमा राखिएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक कानुनी प्रक्रिया पुरा गरि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्