दुबै नेपाली चलचित्रका नाम एक्टर, प्रदर्शनमा समस्या

काठमाडौं । एक्टर नाममा यसपटक दुई वटा नेपाली चलचित्र निर्माण भएका छन् । नयाँ अभिनेता प्रिन्स थापाको शिर्ष भूमिकामा चलचित्र ‘एक्टर’ निर्माण गरिएको छ । यस्तै अभिनेता प्रदीप खड्का, राजबल्लभ कोईरालाको शिर्ष भूमिकामा अर्को चलचित्र ‘एक्टर ः वान टेक’ निर्माण गरिएको हो ।

गत १५ कात्तिकमा रिलिज हुने भनिए पनि प्रदीपको एक्टर : वान टेकको प्रदर्शन स्थगित भएको थियो । यो चलचित्र अब फागुनमा रिलिज हुने भएको छ ।

यसैबीच प्रिन्सको चलचित्र एक्टर भने माघमै आउने भएको छ । यो चलचित्रले प्रदीप खड्काको चलचित्र एक्टर ः वान टेकलाई असर पर्ने निर्माण पक्षको कथन छ । चलचित्र विकाश बोर्डको दर्ता सूची हेर्दा एक्टर ः वान टेक भन्दा एक्टर पहिला दर्ता भएको देखिन्छ । बोर्डका कर्मचारी हरि रैखलले एक्टर र एक्टर: वान टेकको अँग्रेजीमा स्पेलिङ फरक रहेकाले दर्ता भएको जनाएका छन् ।

आफुहरुले चलचित्र एक्टर बनाएको जानकारी हुँदा हुँदै पनि अर्को पक्षले एक्टर नामकै चलचित्र बनाएको र सो चलचित्रलाई एक्टर नामबाटै निर्माण अधिकारी दिएर आफुहरुमाथि बोर्डले अन्याय गरेको निर्देशक मदन घिमिरेले बताएका छन् । सोही कारण पनि यो चलचित्र माघमै रिलिज गर्न लागिएको उनले बताएका छन् ।

मदन घिमिरेको चलचित्र एक्टरको रिलिज मिति ५ माघ तोकिएको छ । विभिन्न ठाउँमा च्यारिटीपछि यसलाई हलमा रिलिज गर्न लागिएको यसका निर्माता तथा टिभी सञ्चारकर्मी मनोहरी थापाले बताएका छन् ।

एक्टरमा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायतका कलाकारको अभिनय छ । चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । यसलाई मदन घिमिरेले निर्देशन गरेका हुन् ।

एक्टरमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन। माइकल चन्दको नृत्य निर्देशन, युवराज राई र डम्बर राईको छायाँकन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको एक्टरबाट प्रिन्स थापाले नायकको रुपमा डेब्यु गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित