काठमाडौं । कुनै पनि स्थानको प्रवर्धनसँगै सो स्थानमा पर्यटन बृद्धिको लागि चलचित्र ससक्त माध्यम हुने अभिनेता प्रदीप खड्काले बताएका छन् । आईतबार काठमाडौंमा आयोजित दोश्रो कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सबको पत्रकार भेटघाटका क्रममा अभिनेता प्रदीपले यस्तो भनाई राखेका हुन् । उनले पर्यटन प्रवर्धनको लागि चलचित्र पर्यटनमा विशेष जोड दिए ।
‘जब चलचित्र प्रेमगीतको एउटा गीत र केही दृष्यको छायांकन मुस्ताङमा भयो । सो चलचित्र रिलिज भएपछि चलचित्रमा समेटिएको सुन्दर दृष्यका कारण मुस्ताङको आन्तरिक पर्यटन ह्वात्तै बढ्यो ।’ अभिनेता प्रदीप खड्काले भने,‘हामीले चलचित्र प्रेमगीत २ को रारा क्षेत्रमा छायाँकन गरेर जब यो चलचित्र रिलिज ग¥यौं । त्यसपछि रारामा आन्तरिक पर्यटन त बढ््यो नै, हामीले छायाँकन गरेको घर तथा स्थानमा पर्यटकहरुले आफ्नो फोटो खिचेर प्रेमगीत २ छायाँकन गरिएको ठाउँ भन्दै सामाजिक सञ्जालमा समेत शेयर गरे ।’ यसरी चलचित्रले पर्यटन प्रवर्धनमा ठुलो सहयोग पु¥याउने गरेको अभिनेता प्रदीपले जानकारी गराए ।
आईतबार कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सबको सद्भावना दुतमा नियुक्त भएपछि अभिनेता प्रदीपले कर्णालीको पर्यटन विकाशमा चलचित्रको ठुलो भूमिका रहने सक्ने बताए । आफुले अभिनय गरेका दुई चलचित्र प्रेमगीत २ र प्रकाश छायाँकनको क्रममा कर्णाली पुगेको अनुभव पनि उनले सुनाए । अहिले पनि कर्णाली प्राकृतिक श्रोत र साधनको हिसावले त्यत्तिकै सम्पन्न रहेको उनले बताए । ती कुरालाई चलचित्रमार्फत संसारका दर्शकमाझ ल्याउन उनले जोड दिए ।
प्रदीपले हलिउडको चलचित्र डक्टर स्ट्रेन्थको उदाहरण दिँदै सो चलचित्र काठमाडौंमा छायांकन हुँदा काठमाडौंको प्रचार सो चलचित्रमार्फत विश्वव्यापी रुपमा भएको जानकारी गराए । डक्टर स्ट्रेन्थको रिलिज पछि एकपटक चलचित्रका दर्शकको काठमाडौं प्रति ध्यानाकर्षण भएको पनि उनले सुनाए । यस्तै आफुले अभिनय गरेको चलचित्र प्रेमगीत ३ मा मनाङको सुन्दर स्थानहरु समेटिएको उनले जानकारी गराउँदै भने,‘हामीले विभिन्न देशसँगै ओटिटी प्लेटफर्ममा प्रेमगीत ३ रिलिज गर्दा सो चलचित्रमा समेटिएको सुन्दर दृष्यले विश्वको ध्यान खिच्यो । यस्तो सुन्दर ठाउँ कहा रहेछ भनेर धेरैले सोधीखोजी समेत गरे ।’ त्यसैले नेपाल पर्यटन बोर्डले चलचित्रसंग सहकार्य गरेर छायांकनमा सहयोग पु¥याएको खण्डमा पर्यटन प्रवर्धनमा ठुलो मद्धत पुग्ने सुझाब उनले दिए ।
यस्तै अभिनेत्री सुरक्षा पन्त पनि कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सबको सद्भावना दुतमा नियुक्त भएकी छिन् । उनले पनि कर्णाली अपार सम्भावना बोकेको प्रदेश भएको बताईन् । चलचित्र बुलाकीको छायांकनको लागि कर्णालीको जुम्ला लगायतका ठाउँमा लामो समय बसेकी सुरक्षाले भनिन्,‘कर्णाली मलाई यतिधेरै सुन्दर लाग्यो की त्यसको बयान गरेर साध्य नै छैन । मलाई त त्यसपछिबाट कर्णाली नाम नै अति प्यारो लाग्न थालेको छ ।’
अभिनेत्री सुरक्षाले पनि आफ्नो चलचित्र बुलाकीले कर्णालीको पर्यटन प्रवर्धनमा धेरथोर मद्धत पु¥याएको जिकिर गरिन् । कर्णाली प्रकृतिसंगै संस्कृतिले पनि त्यत्तिकै धनी भएको उनको कथन थियो । चलचित्र छायांकनको लागि कर्णालीमा धेरै सुन्दर स्थानहरु भएको पनि उनले जानकारी गराईन् । आफु कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सबको सद्भावना दुत भएको नाताले कर्णालीमा चलचित्र छायांकनको लागि अरुलाई प्रोत्साहित गर्ने पनि उनले बताईन् । आगामी माघ र फागुनमा हुने कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सबले कर्णालीको पर्यटन प्रवर्धनमा अझ धेरै सघाउने विश्वास उनले व्यक्त गरिन् ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले पनि आफुहरु चलचित्र पर्यटनको पक्षमा रहेको बताए । चलचित्रबाट नेपालको पर्यटन बढाउनको लागि आफुहरुले परियोजना नै ल्याउने पनि उनले जानकारी गराए । हलिउडका चलचित्र छायांकन गरिएको धेरै देशका स्थानहरु पछि पर्यटकीय क्षेत्र बनेको जानकारी गराउँदै बोर्ड अध्यक्ष दिनेश डिसीले भने,‘बलिउडका कलाकार, निर्देशक र निर्माताको एउटा टिम बनाएर उहाँहरुलाई हामी नेपालको सुन्दर ठाउँमा भ्रमण गराउने योजनामा छौं । उहाँहरुले भारत फर्केर नेपालमा आफ्ना चलचित्रका गीतको मात्र छायांकन गरिदिनु भयो भने पनि त्यसले हाम्रो पर्यटन प्रवर्धनमा ठुलो मद्धत पुग्ने छ ।’ बोर्ड अध्यक्ष डिसीले नेपाली चलचित्र मार्फत स्थानीय पर्यटन प्रवर्धनको लागि नेपाल पर्यटन बोर्डसंग सहकार्यको बार्ता भईरहेको पनि जानकारी गराए ।
अभिनेता शिब श्रेष्ठ पनि चलचित्र पर्यटनकै पक्षमा देखिएका छन् । कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सबको सल्लाहकारको रुपमा रहेका उनले यस्ता महोत्सबले चलचित्र मार्फत कर्णालीलाई हेर्न चिन्न र त्यहाँको पर्यटन प्रवर्धनमा प्रचुर फाईदा पुग्न सक्ने विश्वास आफुले लिएको बताए ।
कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सबका निर्देशक चक्रबहादुर शाहीले पनि कर्णालीको पर्यटन प्रवर्धन नै यो चलचित्र महोत्सबको पहिलो उदेश्य भएको जानकारी गराए । कर्णालीको धेरै सुन्दर ठाउँ अझै चलचित्रमा समेटिन बाँकी भएकाले ती ठाउँमा चलचित्र छायाँकन गराउनु आफुहरुको अबको पहल रहने पनि उनले बताए ।