मानवअधिकार फिल्म फेस्टिभल सुरु

काठमाडौं । काठमाडौंको चावहिल स्थित चलचित्र विकाश बोर्डमा सोमबारबाट ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ सुरु भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले सोमबार सो महोत्सबको उद्घाटन गरे ।

मगरले उद्घाटन समारोहलाई सम्बोधन गर्दै महोत्सबमा सहभागी चलचित्रहरुले मानव अधिकारको सचेतनामा सघाउने विश्वास व्यक्त गरे । नेपाली समाजमा दैनिक मानव अधिकार हननको घटनाहरु हुने गरेको स्मरण गराउँदै सामाजिक न्यायको नारासहित आयोजना भएको यो महोत्सबले यस्ता घटना रोक्न समाजमा चलचित्र मार्फत जनचेतना फैल्याउने विश्वास उनले व्यक्त गरे ।

यसै वर्ष कान्स चलचित्र महोत्सबको सर्ट फिल्म समुहमा अवार्ड जितेको लघु चलचित्र ‘द म्यान हु कुड नट रिमेन साइलेन्ट’लाई यो महोत्सवको उद्घाटन समारोहमा प्रदर्शन गरियो । यो सहित महोत्सबमा पहिलो दिन आधा दर्जन चलचित्रहरु प्रदर्शन गरियो ।

महोत्सबमा नेपालसहित पाकिस्तान, बंगलादेश, भारत तथा युरोपका विभिन्न मुलुकका चलचित्रकर्मीहरु सहभागी भएका छन् । विहिबारसम्म जारी रहने यो महोत्सब चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको मुख्य हलमा आयोजना गरिएको आयोजक पक्षले जनाएको छ । नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार फिल्म सेन्टरका अध्यक्ष पाण्डव खत्रीले यो महोत्सब चार दिनसम्म आयोजना गरिने बताए ।

‘यसपटक यो महोत्सबमा नेपालसहित २३ देशका ५३ वटा चलचित्रहरु चयन भएका छन् । यी चलचित्रको प्रदर्शनसँगै विभिन्न अन्तरक्रिया र गोष्ठी कार्यक्रम पनि महोत्सबमा हुँदैछ ।’ आयोजक संस्थाका अध्यक्ष खत्रीले बताए ।

उनका अनुसार महोत्सवमा बृत्तचित्र निर्माता तथा सम्पादक निलोतपल मजुमदारले ‘को–प्रोडक्सन, ल्यान्डस्केप, विश्व दर्शकका लागि स्थानीय कथा’ शिर्षकमा मास्टर क्लास पनि राखिएको छ । यस्तै मानव अधिकारको विषयमा महोत्सबमा अन्तरक्रिया पनि आयोजना हुँदैछ । महोत्सबमा फोटो प्रदर्शनी पनि आयोजना गरिएको छ ।

यस्तै कान्समा अवार्ड जितेको अर्को चलचित्र ‘अल वी इम्याजिन एज लाइट’ यो महोत्सबमा मंगलबार प्रदर्शन हुँदैछ । यसैगरी विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय चलचित्र महोत्सबमा चयन तथा पुरस्कृत भएका चलचित्र, बृत्तचित्र पनि यो महोत्वमा प्रदर्शन गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे