मनाङ । नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन् ।हिजो बुधबार लामिछानेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो। लामिछानेको यो दोश्रो कार्यकाल हो ।
नब गठित कार्यसमितिको उपाध्यक्षमा फूर्वा छिरिङ लामा, महिला उपाध्यक्षमा सविना सिंह महर्जन, सचिवमा मिनकाशी गुरुङ, कोषाध्यक्षमा मालती घले र सहसचिवमा तिलबहादुर गुरुङ चयन भएका छन् ।
सदस्यमा सेराप गुरुङ, सुरेश कुमार थापा, उषा ठकुरी र दुर्गा घले चयन हुनु भएको छ । मनाङमा १७ जना संञ्चारकर्मी क्रियाशिल रहेको लामिछानेले जानकारी दिए ।
लामिछाने नेपाल टेलिभिजनको सम्बददाताका रुपमा क्रियाशिल छन् ।
तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)






