प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

sf7df8f}F, !@ j}zfvM k|d cf]nL / g]sfF ;efklt b]pjf e]6jftf{ k|wfgdGqL s]kL zdf{ cf]nL / g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf z'qmaf/ k|wfgdGqL lgjf; afn'jf6f/df e]6jftf{ ub}{ . tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno÷/f;;

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ ।

भेटमा सभापति देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकामा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग देशभरी उठेको र आफ्नो माग पनि यही रहेको उल्लेख गर्दै सभापति देउवाले देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ भन्नुभएको थियो ।

सरकारले यही वैशाख ८ गते जारी गरेका संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेशको सर्वत्र विरोध भएपछि आज खारेज गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न व्यापक परीक्षण अहिलेको आवश्यकता भएको र समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौँ भनेर प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै सभापति देउवाले स्वास्थकर्मीलाई पिपिईलगायतका आवश्यक सामग्री यथाशिघ्र पु¥याउन सुझाव दिनुभएको थियो । साथै उहाँले स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने कुनै पनि कार्य तुरुन्तै रोक्नुपर्ने बताउनुभएको थियो ।

भेटमा सभापति देउवाले श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् भन्दै राहत घोषणा अधुरो भएको, पुग्नुपर्नेकोमा अझै नपुगेको, श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै व्यवसायीका लागि तत्काल अर्को राहत प्याकेज ल्याउन सुझावसमेत दिनुभएको थियो । विदेशमा रहेका नेपालीले देशलाई रेमिट्यान्स पठाएर योगदान गरिरहेको उल्लेख गर्दै उहाँले आज उनीहरु अप्ठ्यारो परेको स्थितिमा उद्धार गर्ने ’bout तत्काल योजना सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको मुख्य सचिव पौडेलले बताउनुभयो ।

सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवाद्का कुनै कुरा नल्याउन सुझाव दिँदै प्रधानमन्त्रीलाई थप सजग पनि गराउनुभएको काँग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?