सप्तरीमा ४ महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले दुई दिनमा २१ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ । जसमध्ये १७ पुरुष र ४ महिला छन् ।

२०८१ पौष १ र २ गरि दुई दिन भित्र जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ती २१ जना फरार प्रतिवादी पक्राउ गरेको सूचना अधिकारी डिएसपी जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

उनीहरुबाट २ वर्ष १ महिना कैद सजाय र ६० हजार ७ सय २५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । पक्राउ परेका मध्ये सबै भन्दा बढी डाका र कुटपिट मुद्दाका चार–चार जना छन् । गाली बेइज्जत र कुटपिटका तीन, तथा कुटपिट र लुटपिट र चौपाया चोरी कसुरका दुई–दुई जना छन् ।

यस्तै अपराधिक उपद्रव, कुटपिट अंगभंग, मुद्दा सम्बन्धि, चेक अनादार र गर्भपतन मुद्दाका एक एक जना छन् । पक्राउ परेका मध्ये कुटपिटमा एक तथा गाली बेइज्जत र कुटपिट अंगभंगका ३ गरी ४ जना महिला छन् ।

अपराध घटनाको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार भई लुकिछिपी बसेकाहरु उपर सुराकी र निगरानी बढाए सँगै धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेको प्रहरी उपरीक्षक खतिवडाको भनाई छ । चालु आ.व.को हालसम्म १ सय ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको सप्तरी प्रहरीको तथ्यांकले देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

अध्यक्ष ओलीलाई सम्झाउन पौडेल र पोखरेल गुण्डुमा