विद्यार्थीलाई विपद् व्यवस्थापन प्राथमिक उपचार तालिम

लमजुङ । लमजुङमा सञ्चालन गरिएको तीन माविका ३० जना विद्यार्थीलाई विपद् व्यवस्थापन प्राथमिक उपचार चार दिने तालिम समापन गरिएको छ । सो तालिम सुन्दरबजार नगरपालिका– २ र ५ का विद्यार्थीका लागि दिइएको हो ।

सुन्दरबजार स्थित ‘नमुना सामुदायिक अस्पतालको नमुना काम: विपद् व्यवस्थापन फस्टएड सम्बन्धि ४ दिने तालिम’ कार्यक्रम अन्तरगत एचडिसियसद्वारा सञ्चालित नमुना सामुदायिक अस्पताल सुन्दरबजार उत्थानशील परियोजना अन्तरगत सञ्चालिन गरिएको हो । तालिममा सुन्दरबजार नगरपालिका– २ का दुई मावि र वडानं ५ को एक माविका १०-१० जना विद्यार्थीले सो तलिममा भाग लिएको नमुना सामुदायिक अस्पतालमा प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडानं २ को कान्तिमन्दिर मावि र महेन्द्र मन्दिर मावि तथा वडानं– ५ को विद्याज्योति माविका ३० जना विद्यार्थीलाई विपद् व्यवस्थापन फस्टएड सम्बन्धि ४ दिने तालिम दिइएको हो ।

तालिममा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधि अपाइएको थियो । विपद् व्यवस्थापन फस्टएड सम्बन्धमा सशस्त्र प्रहरी बल लमजुङले विज्ञको रुपमा सहयोग गरेको नमुना सामुदायिक अस्पतालका विपद् व्यवस्थापन सम्बन्धि प्रशिक्षक शोभा ठकुरीले बताइन् । उनका अनुसार तलिमका क्रममा आगो नियन्त्रण कसरी गर्ने, विरामीलाई कसरी ओसार पसार गर्ने, फस्टएड सम्बन्धि समुदायका व्यक्तिलाई जानकारी गराइएको छ ।

सो तालिममा सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक सुर्य खड्काको कमाण्डमा १५ जनाको टोलीले प्रशिक्षणमा सघाएको उनले भनिन् ‘तालिमका क्रममा सहभागी विद्यार्थीलाई विद्यालयको खानेपानी, ट्वाइलेट, हात धुने बानीको विकास गर्न र विद्यालय रहेका ती ठाउँको मर्मत सम्भार समेत गरिएको छ ।’

सो तालिम कार्यक्रम वडा नं. २ मा सञ्चालन गरिएको नमुना अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त समापन कार्यक्रममा १५० जना अभिभावकहरूको समेत सहभागीता रहेको थियो ।

सुन्दरबजार– २ मा सोही वडाका वडाध्यक्ष नवीनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा विपद् व्यवस्थापन सम्बन्धि तालिम गरिएको हो ।
आउँदो जनवरीबाट सुन्दरबजार नगरपालिकाका अन्य दुईवटा वडा नं. ६ र ८ मा विपद् व्यवस्थापन सम्बन्धि तालिम सुरु गरिने तयारी रहेको शोभ ठकुरीले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीको कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन जारी, नेपाली सेना परिचालन