सुनसरीको कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन जारी, नेपाली सेना परिचालन

काठमाडौं । स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भइरहेपछि सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रेपछि नेपाली सेना परिचालन भएको हो ।

हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनको. भनाइ छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । कफ्र्यु उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु र नौ जना सर्वसाधारण घाइते भएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सो घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको र उनीहरुको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम