महोतरी । महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पाटुमा बस पल्टिँदा सहचालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा दोलखा तामाकोसी –२ का २३ वर्षिय बाबुराम विश्वकर्मा रहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बस पल्टिन लागेपछि ढोका खोलेर हामफाल्न खोज्दा बसको हुडले किचिएर सहचालक विश्वकर्माको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका सोही ठाँउका २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिबास शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनमा अलपत्र परेका आफ्ना नगरभरिका स्थानीयलाई बस व्यवस्थापन गरेर काडमाडौबाट ल्याउँदै गरेको बा ३ ख ४०३६ नम्बरका बस शनिवार विपी राजमार्ग अन्तरगत बर्दिबास नगरपालिकाको पाटु मोडस्थित सडक नालीमा बस गएर पल्टिदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटना लगतै बसका चालक सागर भण्डारी फरार भएको प्रहरीले जनाएको छ। बसमा ३५ जनालाई काठमाडौंबाट यात्रु लिएर उदयपुर हिडेको थियो






