सिकन्दरको टिजरमा रुचाईए सलमान

मुम्बई । बलिउड अभिनेता सलमान खानको नयाँ चलचित्र सिकन्दरको नयाँ वर्ष २०२५ को अबसर पारेर टिजर सार्वजनिक गरियो । टिजरले रिलिज भएको तीन दिनमा ५ करोड भन्दा बढी भ्युज युट्युवमा पाएको छ । यो चलचित्रको टिजरले अत्याधिक प्रतिक्रिया पाएको र दर्शकको साथ पाएकाले आफु उत्साहित भएको सलमानले बताएका छन् ।

यो चलचित्रलाई सलमानका नजिकका साथी साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । बहुप्रतिक्षित चलचित्र सिकन्दरको टिजरले तीन दिन यताबाट सामाजिक सञ्जालमा राम्रो उचाई पाएको छ । टिजर आएसँगै चलचित्रको विश्वव्यापी रुपमा वितरणको वुकिङ भईरहेको पनि निर्माता नाडियाडवालाले बताएका छन् । उनका अनुसार विश्वभरका दर्शकले यो भव्य चलचित्रको उत्कृष्ट अनुभव लिन सकून् भनेर यसलाई युट्युबमा मात्रै रिलिज गरिएको हो ।

सिकन्दरमा सलमानको शिर्ष भूमिका रहेको छ । यसको रोचक कथा, ठूला एक्सन दृश्य र सलमान खानको बलियो उपस्थितिले यो वर्ष चलचित्र घरमा दर्शकको मन सिकन्दरले जित्ने दाबी पनि यी निर्माताले गरेका छन् ।

सलमान खानले चलचित्र किक पछि यो चलचित्रमा साजिद नाडियाडवालासँग सहकार्य गरेका हुन् । चलचित्र किकले ३०० करोडको व्यापार गर्दै बक्स अफिसमा हिट चलचित्रको रेकर्ड बनाएको थियो । सिकन्दर आगामी ईदमा चलचित्र घरमा आउने र यसले किकको भन्दा ठुलो रेकर्ड बनाउने विश्वास अभिनेता सलमानको छ । चलचित्रमा सलमानले सिकन्दरकै चरित्र निभाएका छन् ।

चलचित्र सिकन्दरलाई एआरले निर्देशन गरेका हुन् । जसमा मुरुगादास र साजिद नाडियाडवालाको निर्माण रहेको छ । सलमानको थुप्रै सिक्वेल चलचित्रको निर्माण तयारी हुँदैगर्दा उनले नयाँ चलचित्र सिकन्दरमा काम गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी