बँदेलको मासु बाँडफाँड गर्ने क्रममा झडप, एक गम्भीर

सर्लाही । सर्लाहीमा यतिबेला जंगली बँदेलको चोरी निकासी बढेको छ । स्थानीयहरु लकडाउन अवज्ञा गर्दै सयौँको संख्यामा बँदेललाई मार्न लखेटिरहेको दृश्य गाउँघरमा प्रशस्त देख्न सकिन्छ । सर्लाहीको चन्द्रनगर, ईश्वरपुर, हरिपुर, कविलासी, मलंगवा, कौडेनालगायतका स्थानीय तहको गाउँमा यतिबेला बँदेलको चोरी निकासी बढेको छ ।

सोही क्रममा हिजो शनिवार जंगली बँदेलको मासु बाँडफाँडको विषयलाई लिएर मलंगवा नगरपालिकामामा दुई पक्षबीच झडप हुँदा एक जना ब्यक्ति गम्भीर घाइते भएका छन् । मलंगवा नगरपालिका–७ गणेशिया टोलका केही स्थानीय ब्यक्तिहरुले गाउँ नजिकैको खेतबाट मारेर ल्याएको बँदेलको मासुको बाँडफाँडलाई लिएर गाउँकै दुई पक्षबीच झडप भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार शनिवार दिउँसो स्थानीय चन्देश्वर रायको घरमा बाँडफाँड भइरहेको मासु लिन भनी गएका बिल्टु रायलाई चन्देश्वर राय र उनका छोरा शशी यादव मिलेर कुटपिट गरेका थिए । कुटपिटबाट बिल्टु रायको टाउको फुटेको छ ।

झडपको जानकारी पाए लगत्तै प्रहरी टोली घटना स्थलमा पुगेर कुटने चन्देश्वर रायको छोरा शशी यादव र घाइते बिल्टु राय र उनका छोरालाई नियन्त्रणमा लिएर जनप्रतिनिधिको रोहबरमा छोडिएको थियो । केहि दिनअघि चन्द्रनगर गाउँपालिकामा जंगली बँदेलको मासु बाँडफाँडको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको थियो ।

बँदेल मारे २० हजार जरिवाना
कुनै प्रकारका नोक्सानी नगरेको खण्डमा बंदेललाई चोरी सिकारी गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अबैध रुपमा बंदेल मार्नेलाई २० हजारसम्म जरिवान वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रवधान रहेको डिभिजन वन प्रमुख तथा डेफो माधव देवले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रबि लामिछानेलाई पोखरा-काठमाडौं-सिमरा हुँदै वीरगन्ज लगिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा