सहकारी ठगि आरोप लागेका तातेड ६ महिनापछि रिहा

सप्तरी । सहकारी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परी विगत ६ महिनादेखि पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेका राजविराज नगरपालिकाका–३ का वडा सदस्य सिद्धार्थ तातेड रिहा भएका छन् ।

सप्तरी जिल्ला अदालतका न्ययाधीश तिलकबहादुर कार्कीको रोहबरमा पीडित पक्ष भनिएकाहरुले मुद्दा फिर्ता तथा मिलापत्र प्रमाणित (प्रमाणिकरण) भएपछी तातेड हिजो मंगलबार जेलमुक्त भएका हुन् ।

मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कानुन व्यवसायी अशोक चौधरी, डाक्नेश्वरी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष कर्णदेव चौधरी तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको उपस्थितिमा दुबै पक्ष मुद्दा मिलापत्र गरेपछि न्यायाधिश कार्कीको रोहबरमा मिलापत्र प्रमाणित भएसँगै तातेडको रिहाईको बाटो खुलेको थियो ।

यहाँ स्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव समेत रहेका तातेडले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साउन ३ गते उनलाई पक्राउ गरेको थियो ।

सो संस्थामा जम्मा गरेको बचतकर्ताको डेढ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपसहित अध्यक्ष बेचन यादव र सचिव तातेडसहित १२ जनालाई प्रतिवादी बनाई प्रहरीले सप्तरी जिल्ला अदालतमा आरोपपत्र दायर गरेको थियो ।

४९ जना बचतकर्ताको संयुक्त जाहेरीले बादी नेपाल सरकार भई उठान भएको मुद्दामा त्यती बेला प्रहरी तातेडलाई मात्र पक्राउ गर्न सफल भएको थियो । अन्य आरोपित फरार रहेको प्रहरीले जनाउँदै आएको थियो ।

उक्त मुद्दा उपर २०८१ साउन १७ गते सुनुवाई गर्दै न्यायाधिश संजिव पोखरेलले तातेडलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारि गरेको थियो । तातेड पक्राउ परेपछी परिवारजनले उनी सहकारी रकम हिनामिनामा संलग्न नरहेको दाबी गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानियले भगवती चाैधरीसंग भने : यसपाली जिताएर पठाउछौं