लालपुर्जा वितरणका लागि धनगढीका ५ वडाको विवरण जिल्ला समितिमा पठाइयो

​धनगढी । भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत धनगढी उपमहानगरपालिकाले ५ वटा वडाको पहिचान तथा प्रमाणीकरण विवरण भूमि समस्या समाधान जिल्ला समिति, कैलालीमा पठाएको छ ।

​उपमहानगरपालिकाले वडा नम्बर २, ७, ८, ९ र १७ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरी आयोगमा पठाएको हो ।

​यसअघि भूमि आयोगले उपमहानगरपालिकालाई लगत संकलन तथा प्रविष्टि, बस्तीको तहगत क्षेत्र निर्धारण र जग्गा नापीको जिम्मेवारी दिएको थियो । उक्त कार्य सम्पन्न गरी उपमहानगरपालिकाले यसअघि नै जिल्ला समितिमा प्रतिवेदन बुझाइसकेको छ । पछि आयोगले पुनः व्यक्तिको पहिचान तथा प्रमाणीकरण गरी विवरण पठाउन पत्राचार गरेपछि उपमहानगरपालिकाले यो प्रक्रिया अघि बढाएको हो ।

​बाँकी वडाका हकमा पनि पहिचान तथा प्रमाणीकरणको काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ । नगरप्रमुख गोपाल हमालका अनुसार सम्बन्धित वडा कार्यालयबाट व्यक्तिको पहिचानसम्बन्धी फाइल कार्यपालिकामा प्राप्त भएपछि बैठकबाट निर्णय गराएर जिल्ला समितिमा पठाइनेछ ।

​उपमहानगरपालिकाले विवरण प्रमाणीकरण हुन बाँकी रहेका अन्य वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई आ–आफ्नो वडा कार्यालयमा यथाशीघ्र सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

लालपुर्जा वितरणका लागि धनगढीका ५ वडाको विवरण जिल्ला समितिमा पठाइयो