पोखरामा धमाधम सेनिटाइज टनेल

पोखरा । पोखरा महानगरपालिकाले पोखराको शान्तिवनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइज टनेल जडान गरेको छ । कोरोना महामारीले विश्व नै आक्रान्त बनेको बेलामा पूरै शरीर सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइज टनेल बनाएर महानगरले कृषि बजार उपजलाई हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख मानबहादुर जिसीले कृषि बजार उपजको बजार व्यवस्थापन समितिलाई टनेल आइतबार हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले कृषि बजार उपजमा पनि मानिसका भीडभाड हुने भएकाले कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न महानगरले टनेल जडान गरेको बताए ।

कोरोनाको महामारी लम्बिन सक्ने भएकाले प्रविधिबाट यसलाई नियन्त्रण गर्नपर्ने बताए । उनले भीडभाड हुने सरकारी कार्यालयहरु, अस्पतालहरु, डिपार्टमेन्ट स्टोर्स लगायतमा पनि टनेल जडान गर्नुपर्ने बताए । कोरोनाको थोकथाममा दीर्घकालीन योजना बनाएर जानुपर्ने सोच महानगरले बनाएको जिसीले बताए ।

कृषि बजार उपज बजार व्यवस्थापन समितिका अध्यक्ष छेबाङ लामाले महानगरले कृषि बजारलाई महत्व दिएर टनेल जडान गरिदिएकोमा महानगरप्रति आभार व्यक्त गरे । पोखरा विश्वविद्यालयको नेपाल इनोभेसन टेक्नोलोजी एन्ड इन्टरप्रेनियरसिपका रवि भण्डारी, विनोद भट्टराई, विनोद गिरी, सरोज कोइरालाले टिमले टनेल निर्माण गरेका हुन् । पोखरा महानगरले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि टनेल जडान गरिसकेको छ ।

हाल पोखरा महानगर कार्यालय, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा पोखरा प्रवेश गर्ने तनहुँ र कास्कीको सीमाना मजुवामा समेत सेनिटाइज मेसिन जडान भैसकेको छ ।

यसैबीच, महानगरले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या फोन गरेर टिपाउन सक्ने सूचना अधिकारी भरतराज पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गीरेन्द्रबहादुर राई बिजयी