कोभिड संकटको ५ वर्षपछि नयाँ ‘एचएमपीभी’ भाइरस

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा रहेको एक समाचार एजेन्सीले भीडभाड भएको अस्पतालको लबीको भिडियो सेयर गर्दै लेखेको छ, ‘चीनका अस्पतालहरू २०२० को कोभिडको वृद्धिजस्तै इन्फ्लुएन्जा ए र एचएमपीभीलगायत गम्भीर फ्लुको प्रकोपले भरिएका छन् ।’ सामाजिक सञ्जालमा बिरामीको तस्बिर पोस्ट गर्दा चीनले भाइरस फैलिएपछि धेरै क्षेत्रमा आपत्काल घोषणा गरेको दाबी गरिएको छ । चीनको अवस्था लगातार खराब हुँदै गइरहेको दाबी यहाँ गरिएको छ । अस्पताल र श्मशानस्थलमा मानिसको भीड बढ्न थालेको छ । कोभिड–१९ को महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसले मानिसमा त्रास सिर्जना गरेको छ । अस्पताल, शवगृह र शवदाहस्थलमा भीडभाड छ । अस्पतालका दृश्यहरूले मानिसलाई स्तब्ध पार्छन् र ती धेरै सोसल मिडिया प्लेटफर्महरूमा व्यापक रूपमा आइरहेका छन् । यो स्वास्थ्यकर्मीहरूको सबैभन्दा ठूलो चिन्ताको विषय हो ।

चीनमा नयाँ भाइरसलाई ह्युमन मेटान्युमो भाइरस भनिन्छ । चीनले संकटकाल घोषणा गरेको हो कि होइन भन्ने यकिन छैन । चीनमा हालसम्म ७ हजारभन्दा बढी बिरामी र करिब २ सय जनाको मृत्यु भइसकेको छ । चीनमा ह्युमन मेटान्युमो भाइरस संक्रमण बढ्दै गएको छ, जसले धेरै स्वास्थ्य समस्याहरू सिर्जना भएका छन् । एचएमपीभीको गम्भीर अवस्थाहरूमा यसले ब्रोन्काइटिस वा निमोनियाजस्ता समस्याहरू आउन सक्छन्, जुन कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसका लागि खतरनाक साबित हुन सक्छ ।

मानव मेटान्युमो भाइरस पहिलोपटक २००१ मा नेदरल्यान्डमा २८ साना बच्चाको श्वास, स्रावमा पत्ता लगाइएको थियो । यसको लक्षण रुघाखोकी, ज्वरो र नाक बन्द हुनु हो । बालबालिका, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू यस भाइरसबाट सजिलै प्रभावित हुन सक्छन् । कोभिडजस्तै यो पनि संक्रमित थोपा र संक्रमित सतहहरू छोएर फैलन सक्छ ।

यद्यपि, एचएमपीभी भाइरसले विश्वव्यापी स्वास्थ्य चिन्ता बढाएको छ । विज्ञहरूले यसलाई सामान्य श्वासप्रश्वासको संक्रमण मान्छन् । आतंकित हुनुको सट्टा मानिसलाई सतर्क रहन र आधारभूत स्वास्थ्य प्रोटोकलहरू (जस्तै ः मास्क लगाउने र हात धुने) को पालना गर्न सल्लाह दिइएको छ ।

कोभिड–१९ को महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसले मानिसमा त्रास सिर्जना गरेको छ

सारा विश्वलाई घुँडा टेकाउने महामारीको रूपमा फैलिएको कोरोनाको उत्पत्ति चीनबाट भएको हो । अब चीनमा कोभिड–१९ जस्तै अर्को भाइरस देखिएको छ । यस खतरनाक भाइरसका कारण चीनमा धेरैको मृत्यु भइसकेको छ । यो नयाँ भाइरसको नाम ह्युमन मेटान्युमो भाइरस हो, जुन आरएनए भाइरस हो । ५ वर्षअघि विश्व कोभिड–१९ को महामारीले आक्रान्त बनेको थियो भने अहिले चीन ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) को प्रकोपसँग लडिरहेको छ । विभिन्न सञ्चारमाध्यमहरूले यो भाइरस तीव्र गतिमा फैलिरहेको दाबी गर्दै आएका छन् । यद्यपि, यसको पुष्टि भइसकेको छैन । एचएमपीभीलाई फ्लुजस्तो लक्षणहरू निम्त्याउन सक्छ । यसले कोभिड–१९ जस्ता लक्षणहरू पनि निम्त्याउन सक्छ । स्वास्थ्य अधिकारीहरूले यस भाइरसको फैलावटलाई नजिकबाट नियालिरहेका छन् । यद्यपि, केही सामाजिक सञ्जालहरूले संकटको वर्णन गरेका छन्, तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा एचएमपीभीका घटनाहरू तीव्र गतिमा बढिरहेको रिपोर्टहरू जारी गरेको छैन ।

यो भाइरस विगत ६ दशकदेखि अस्तित्वमा छ । यो सबै प्रकारको मौसममा बाँच्न सक्छ तर जाडोमा यो भाइरसको लक्षण पनि कोभिड–१९ सँग मिल्दोजुल्दो छ । धेरैजसो २ वर्ष वा सोभन्दा कम उमेरका बच्चामÞा यसको प्रभाव देखिएको छ ।

यो भाइरसले सबै उमेरका मानिसहरूलाई माथिल्लो र तल्लो श्वासप्रश्वाससम्बन्धी रोगहरू निम्त्याउन सक्छ । यद्यपि, साना बालबालिका, वृद्धवृद्धाहरू र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू विशेष रूपमा संवेदनशील हुन्छन् । भर्खरै चीनको रोग नियन्त्रण प्राधिकरणले अज्ञात उत्पत्तिको निमोनिया संक्रमणहरूका लागि निगरानी प्रणाली पाइलट गरिरहेको घोषणा ग¥यो । यो संक्रमणले जाडोमा श्वासप्रश्वाससम्बन्धी केही रोग लाग्ने सम्भावना बढेको छ ।

ह्युमन मेटान्युमो भाइरस एक श्वासप्रश्वासको भाइरस हो जसले सामान्य रुघाखोकीको कारणले जस्तै हल्का संक्रमण निम्त्याउँछ । यो पहिलो पटक २००१ मा वैज्ञानिकहरूले पत्ता लगाएका थिए । यो भाइरस न्युमोविरिडे परिवारसँग सम्बन्धित छ जसमा श्वासप्रश्वासको सिन्सिटियल भाइरस, दादुरा पनि समावेश छ र मम्प्स भाइरस पनि हुन्छ ।

एचएमपीभीले माथिल्लो र तल्लो श्वासप्रश्वास नलीमा मुख्यतया जाडो र वसन्त ऋतुमा संक्रमण गराउन सक्छ । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार भाइरसका लक्षणहरू जाडो मौसममा हुने अन्य भाइरल इन्फेक्सनहरूजस्तै हुन्छन् ।

यसले खोकी, ज्वरो, नाक बन्द हुने र सास फेर्न गाह्रो हुन सक्छ । संक्रमणको क्लिनिकल लक्षणहरू बढ्न सक्छ र ब्रोन्काइटिस वा निमोनियाजस्ता समस्याहरू निम्त्याउन सक्छ ।

संक्रमणको अवधि ३ देखि ६ दिनको हुन्छ, अर्थात् संक्रमित भएको ३ देखि ६ दिनपछि मानिसमा लक्षणहरू देखिन सक्छन् । रोगको अवधि यसको गम्भीरताअनुसार फरक हुन सक्छ ।

ह्युमन मेटान्युमो भाइरसको उपचार
धेरैजसो अवस्थामा यो घरमा आराम र सहयोगीको हेरचाहमा केही दिनभित्र आफैं समाधान हुन्छ । यद्यपि, केही व्यक्तिहरूले ब्रोन्काइटिस वा निमोनियाजस्ता जटिलताहरू विकास गर्न सक्छन्, जसलाई चिकित्सा हेरचाह चाहिन्छ । ह्युमन मेटान्युमो भाइरसको उपचार गर्न हाल कुनै खोप वा विशिष्ट एन्टिभाइरल औषधि उपलब्ध छैन । धेरै मानिसलाई ज्वरो र दुखाइ कम गर्न ओभर–द–काउन्टर औषधिहरू चाहिन्छ ।

ह्युमन मेटान्युमो भाइरस रोकथाम
साबुन र पानीले बारम्बार हात धुने, संक्रमित व्यक्तिहरूसँग नजिकको सम्पर्कबाट बच्ने, संक्रमित हातले आफ्नो अनुहार, नाक, आँखा र मुख नछुने, मास्क लगाउने, दमजस्ता फोक्सोका रोग भएका व्यक्तिहरूले थप सावधानी अपनाउनुपर्छ । यदि भाइरसजस्तै लक्षणहरू अनुभव भयो भने आफैंलाई अलग गर्नुपर्छ । मानिसले हाछ्युँ गर्दा हात र मुख छोप्नुपर्छ । संक्रमित व्यक्तिहरूसँग खाने भाँडाहरू साझा गर्नुहुँदैन । बिरामी भए घरमै बसेर आराम गर्नुपर्छ ।

डा. कार्की वरिष्ठ पशु चिकित्सक हुन्

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आर्थिक महानगरमा हरायो अर्थको कुरा, चौतर्फी राजनीति रापताप