पिताम्बरको टिजरमा राजनीतिक अपराध कथा

काठमाडौं । आगामी २९ चैतमा रिलिज हुने नेपाली चलचित्र पिताम्बरको सोमबार टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रमा नेपाल भारत सिमा क्षेत्रमा हुने संगठित अपराधको कथा रहेको करिब दुई मिनट लामोे टिजरले जनाउँछ ।

टिजर अनुसार चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र रविन्द्र झा प्रहरी अधिकारीको भूमिकामा छन् । प्रदीप सकरात्मक भूमिकामा छन भने बाँकी खल चरित्रमा छन् । राजनीतिको आडमा हुने अपराधिक गतिविधिको कथा यो चलचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षको कथन छ ।

चलचित्रमा प्रदीप खड्का सहित दयाहाङ राई, सौगात मल्ल, अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, दिब्यदेव पन्त, गौरभ बिष्ट, सुपुष्पा भट्ट, सुरक्षा पन्त, दिब्या रायमाझी, रविन्द्र झा, कामेश्वर चौरसियालगायतको अभिनय रहेको छ ।

यो चलचित्रलाई कृषा चौलागाईले निर्देशन गरेका हुन् । यो करिब पाँच करोडको लागतमा तयार हुँदै गरेको निर्देशक चौलागाईले बताईन् । विशाल चौलागाईं निर्माता रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता रहेका छन् ।

पिताम्बरमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरलको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । यो चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

यसरी समाधान गरिँदैछ काठमाडौं उपत्यकामा खाना पकाउने ‘एलपी ग्यास’ को समस्या