महोत्तरीमा दूषित तेल वितरण गर्नेलाई कारवाही भएन

महोतरी । महोत्तरीको गौशाला नगरपालिकाले राहतमा अखाद्य तेल वितरण गर्ने जनप्रतिनिधि र पसलेलाई कारवाही नभएको पीडित परिवारहरुले गुनासो गरेका छन ।

गौशाला नगरपालिका–४ का अध्यक्ष रामबाबु साह र उमेश किराना पसल गौशालाका सञ्चालक सन्तोषकुमार साहलाई स्थानीय प्रशासन र नगरपालिकाले कारवाही नगरेपछि पीडित परिवारले गुनासो गरेका हुन् । नगरपालिकाले उमेश किराना पसल गौशालाका सञ्चालक सन्तोषकुमार साहबाट अमृत व्रान्डका प्रशोधित पामोलिन खाने तेल खरिद गरी वितरण गरेको थियो ।

राहतमा बाँडिएको खानेतेल तरकारीमा पकाएर खाएपछि गौशाला नगरपालिका ४ का दुई दर्जनभन्दा बढी महिला बालबालिका बैशाख १२ गते विरामी परेका थिए । तेल खाएपछि सो वडाका अधिकांशलाई पेट दुख्ने र पखाला लागेको थियो ।

राहतमा बाँडिएको तेल खाँदा छोराछोरीलाई पखाला लागेको छ औषधी किन्ने पैसा छैन स्थानीय उर्मिला सदाले बताइन । उनले राहतमा खाने तेलको नाममा अखाध तेल वितरण गर्नेलाई कडा कारवाही गर्नु पर्द छ । उनी मात्र होइन रामवती सदा, श्रीचन सदा विल्टु सदा जस्तै सवै पिडित परिवारले दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन शाह अग्रस्थानमै