संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी जारी दोस्रो आमन्त्रित तीनपोखरी कप फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । हिजो खाँदबारी रंङगशालामा भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक तीनपोखरी फुटबल क्लव खाँदबारीलाई पराजित गर्दै झापाले उपाधि जितेको हो ।
तीनपोखरी समाज विकास क्लव खाँदबारी –७ को आयोजनामा माघेसक्रान्तिको अवसरमा खेलकुद संस्कृति र पर्यटन,समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल पुरुष फुटबल प्रतियोगिता आज समापन भएको छ ।
आज खाँदबारी रंगशालामा भएको फाइनल खेलमा झापाको चुलाचुली फुटबल क्लवले आयोजक तीनपोखरी फुटबल क्लव खाँदबारीलाई १–२ गोल अन्तरले पराजित गर्दै दोस्रो आमन्त्रित तीनपोखरी कप फुटबलको विजेता भएको छ । पहिलो हाफमा झापा र खाँदबारीको तीनपोखरीले १–१ गोल मात्र गरेका थिए । दोस्रो हाफमा १ गोल गर्दै झापाले उपाधी जितेको छ ।
प्रतियोगिताको विजेता टिम झापाको चुलाचुलीले नगद २ लाख २५ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान प्राप्त गरेको छ । त्यस्तै उपविजेता आयोजक तीनपोखरी फुटबल क्लव खाँदबारीले नगद १ लाख १० हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण प्राप्त गरेको छ ।
त्यस्तै गरी सेमिफाइनलिष्ट ससस्त्र प्रहरीको कोशी प्रदेश एपिएफ र मोरङको भांसाबारी फुटबल क्लवले नगद २५–२५ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् । पुष २६ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ८ क्लबको सहभागिता रहेको प्रतियोगिता तीनपोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईले बताए ।
फाइनल खेलको म्यान अफ दी म्याच चुलाचुलीका निश्चल बस्नेत घोषित भए । चुलाचीकै तिर्थ बस्नेत सार्वाधिक गोलकर्ता, उत्कृष्ठ गोल रक्षक मौसाम लिम्बु बने । त्यसैगरी आयोजकका अभिसेक खड्का सर्वोत्कृठ खेलाडीमा पुरस्कृत भए ।






