सर्लाहमा १ सय १६ जनाको पिसिआर प्रविधिबाट स्वाब परिक्षण

सर्लाही । सर्लाहीका विभिन्न स्थानबाट पिसिआर जाँच गर्न १ सय १६ जनाको स्वाब परिक्षणमा १ सय १५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको स्वाब स्यामपल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनु भएको छ ।

कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमलाई मध्य नजर गर्दै सर्लाहीको विभिन्न ठाउँमा कोरोना भाइरस परिक्षणको लागि १ सय १६ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा एक जनाको स्याम्पल नै प्रयोगशालालाई प्राप्त नभएको र बाँकी रहेका १ सय १५ जनाको पिसिआर प्रविधिमार्फत स्वाब परिक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ५ हरकठबा मा १४ वर्षिय बालकमा कोराना भाइरसको संक्रमण पुष्टि र ईश्वरपुर नगरपालिका वडा नं. ९ रामनगरमा एक मृगौला पिडितमा ¥यापिड (आरडिटी) टेष्ट पोजेटिभ देखिएपछि जिल्लाको धनकौलमा गाउंँपालिकामा २६ जना, चन्द्रनगर गाउँपालिका वडा नं. ६ कामदमा रहेको मरिचमान जनता माविको क्वारेन्टाइनमा रहेको ५० जना र वडा नं. २ बबरगंजमा दुर्गा खोभारी जन्ता उच्च माविको क्वारेन्टाइनमा रहेका २५ जना गरी जम्मा ७५ जना र ईश्वरपुर नगरपालिकामा १६ जना गरी १ सय १६ जनाको पिसिआर प्रविधिमा कोभिड–१९ परिक्षणको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाइएको मा सोमबारसम्म १ सय १५ जनाको नै नेगेटिभ रिर्पोट आएका प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

यसैगरी ईश्वरपुर वडा नं.९ रामनगरमा आरडिटी टेष्ट पोजेटिभ देखिएको व्यक्तिको पिसिआर टेष्ट रिपोर्ट पनि आज साँझसम्म आउने प्रमुख जिल्ला अधिकारी जिसीले बताए । ईश्वरपुर नगरपालिका स्थित आरडिटी टेष्ट पोजेटिभ देखिएको ति मृगौला पिडित स्वास्थ्य जाँचको लागि एक महिना पहिले भारतको सितामढी र १५ दिन पहिले बिरगंज स्वास्थ्य परिक्षण गराउन गएका थिए । जनकपुरमा पिसिआर रिपोर्ट पनि गलत आएपछि ति मृगौला पिडितको स्वाब संकलन गरी टेकु पठाइएको नगर प्रमुख मनोज देवकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 422 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ