Monday, October 19, 2020
Home Breaking News ‘ओभरस्पिड’ले प्रदेश १ मा ९ जनाको निधन

‘ओभरस्पिड’ले प्रदेश १ मा ९ जनाको निधन

इटहरी । लकडाउनमा प्रदेश १ का विभिन्न ठाउँमा भएको दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीम बहादुर दाहालका अनुसार लकडाउनको अवधिमा प्रदेश १ का विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाएका हुन् ।

आइतबार साँझ धरान–११ दुर्गाचोकमा ‘ओभर स्पिड’ का कारण विशाल घिसिङको ज्यान गयो । को ३४ प १०३९ नम्बरको मोटरसाइकल ओभर स्पिड हुँदा अनियन्त्रित भई दुर्घटना भएको एसपी दाहालले बताए । उनका अनुसार प्रदेश १ का सुनसरी, मोरङ, झापा, ओखलढुङ्गा र ताप्लेजुङमा दुर्घटनाका कारण ९ जनाले ज्यान गुमाएका हुन् ।

लकडाउनको अवधिमा सुनसरीमा ४ जनाले ज्यान गुमाएका छन् । सुनसरीमा गत चैत १५ गते इनरुवा–७ स्थित पूर्वपश्चिम लोकमार्गमा मे ९ प १८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार इनरुवा–६ का ५० वर्षीय रघुवीर कटुवालको मृत्यु भयो । चैत १९ गते इनरुवा–६ मै को १ च ९६०५ नम्बरको एम्बुलेन्सको ठक्करबाट को १६ प २०६४ नम्बरको स्कुटीमा सवार इनरुवा–६ मधेशाकी स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको मृत्यु भयो ।

त्यस्तै, चैत २१ गते वराहक्षेत्र–२ मा को २ त १८३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा सहचालक हरि थापाको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै, चैत ११ गते झापाको कमल गाउँपालिका–५ को भित्रीसडक खण्डमा मे १० प ७२३० नम्बरको मोटरसाइकलले पहिचान नखुलेको करिब ६०–६५ वर्षका वृद्धलाई ठक्कर दिएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । ती वृद्धको हालसम्म पहिचान खुलेको छैन । त्यस्तै, चैत २० गते कमल गाउँपालिका–४ मा नै केकुन सवारी साधनले ठक्कर दिँदा सिराहा सुखीपुर नगरपालिका–१ का ४५ वर्षीय पानो मण्डलको उपचारको क्रममा निधन भएको थियो ।

यो पनि पढ्नुहोस   मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

त्यस्तै, मोरङमा चैत ११ बेलबारी–१० मा पहिचान नखुलेको करिब ४०–४५ वर्षका व्यक्तिलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा सवारीसमेत पहिचान हुन नसकेको दाहालले बताए ।

त्यस्तै, ओखलढुङ्गामा चैत ११ गते नै मानेभञ्ज्याङ गाउँपालिका–५ केरुङस्थित सिद्धिचरण लोकमार्गमा बा ६३ प ९३५५ नम्बरको मोटरसाइकलले ना ६ त ६३६० को ट्याक्टरमा ठक्कर हुँदा मोटरसाइकलमा सवार पवित्रा राईको उपचारको क्रममा निधन भएको थियो । त्यस्तै, ताप्लेजुङमा चैत २३ गते फक्तालुङ गाउँपालिका–६ मा सुख्खा पहिरोका कारण स्काभेटर सडकबाट १ सय मिटर तल तमोर नदीमा खस्दा चितवन सौराहाका २७ वर्षीय चालक चित्रकुमार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

‘यो समयमा अन्य सवारी साधन नचल्ने र अधिक स्पिडमा सवारी चलाउँनेहरु दुर्घटनामा परेको देखिन्छ,’ एसपी दाहालले भने, ‘लकडाउनमा विभिन्न बहाना बनाएर सवारी चलाउँने र ओभर स्पिड चलाउँने भएका कारण अनियन्त्रित भएर सवारी दुर्घटना हुने गरेको छ ।’

(Visited 223 times, 1 visits today)
Loading comments...

आजको समाचार

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेसको...

कालिञ्चोकबाट सुरु भयो ‘चोर पुलिस’ काे छायाङ्कन

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायंकन सुरु भएको हो...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को...

साताका लोकप्रिय समाचार

ट्राफिक प्रहरीको ड्रेस लगाएर ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरी हुँ भन्दै सर्व साधरणलाई ठगि गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका – ८ बाँनियाटार बस्ने रामेछाप खाँडादेवी...

प्रदेश २ सरकारले छठपछि प्रहरी भर्ना गर्ने

जनकपुरधाम । प्रदेश प्रहरी ऐन पारित भएको करिव डेढ वर्षपछि प्रदेश नम्बर २ सरकारले प्रहरी भर्ना गर्न लागेको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकको...

सुन भण्डारण गरिएको ठाउँमा प्रहरीको छापा, २३ किलो सुन र २ किलो चाँदी बरामद

वीरगन्ज । चाडपर्वको मौका छोपी अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापामारी गरेको छ । छापामारीबाट अवैध तरिकाले भण्डारण...

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानमा म केन्द्रित हुन्छु : सञ्चारमन्त्री

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताएका छन् । नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका...

पर्सामा सुन भण्डार गरिएको ठाउँमा प्रहरीको छापा, साढे २२ किलो सुन बरामद

पर्सा । चाडपर्वको मौका छोपी अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ । अवैध तरिकाले ओसार पसार...

ट्रेन्डिङ

सरिता गिरीको सांसद पद गुम्यो

काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको...

पहिरोले आठ घरमा क्षति, चारवटा सवारी बगायो

मुग्लिन । पहिरोले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति...

गण्डकीमा ११ जना कोरोना संक्रमित थपिए

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य...

कोरोनाबारे सरकार र समुदायलाई कांग्रेसको १४ बुँदे अपील

 
यो पनि पढ्नुहोस   सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको बेला नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने भन्दै नेपाली कांग्रेसले नेपालमा प्रवेश र विस्तार हुन...

सप्तरीको सुरक्षा निकायमा पनि संक्रमणको दर बढ्दो

सप्तरी, राजविराज । कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका सुरक्षाकर्मीमा संक्रमणको दर बढ्न थालेको छ । नागरिकसँग प्रत्यक्ष...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

संविधान संशोधन विधेयक सर्वसहमतिले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ लाई सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा आज उपस्थित कूल ५७ सांसदले...

लकडाउन झनै कडा हुने, काठमाडौं उपत्यका छिर्न नदिन सरकारको यस्तो छ रणनीति

काठमाडौं । सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । पास लिएकाहरूबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७१५ पुगेको...

मंगलग्रह पृथ्वीबाट आज सबैभन्दा नजिक देखिने

काठमाडौं । आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिँदै छ । अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले जनाएका अनुसार आज मंगलबार मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर...

शिक्षकको हत्या गर्ने अभियुक्त पक्राउ

इलाम । इलामको माई नगरपालिका १ का ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्यारा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि ठाउँका ४५ वर्षीय पदम...

सरकार पुनर्गठनसँगै नेकपामा फेरि विवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुनर्गठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरि विवाद सुरु भएको छ । ‘पार्टी निर्णय र पूर्वसहमतिअनुसार सरकार...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)