मुगुमा ३८ सय ८५ लाई एचपिभि खोप दिइने

मुगु । महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान माघ चौथो साता २२ गतेदेखि फागुन ६ गतेसम्म मुगुमा खोप अभियान सञ्चालन हुने भएको छ ।

अभियान जिल्लाका चारै स्थानीय तहहरु छायाँनाथ रारा, खत्याड कार्मारोङ र सारु का सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका ३ हजार ८ सय ८५ जना छात्राहरुलाई लक्षित गरी एचपिभी खोप सञ्चालन हुने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर निर्मल नगरकोटीले जानकारी दिए।

कक्षा ६ देखि १० सम्मका बिधालय छात्रा र बिद्यालय बाहिरका १० देखि १४ बर्षका बालिका लाई बिधालयममा गएर एचपिभी खोप लगाइने छ ।

एचपीभी खोप अभियान २०८१ मुगुमा पहिलोपटक सञ्चालन गर्न लागिएकोले अभियानले बालिका हरूको स्वास्थ्य अबस्था सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको डाक्टर निर्मल नगरकाेटीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुको अभियान लाई सफल पार्नका लागि विद्यालय, अभिभावक र सरोकारवालाहरुलाई सक्रियताका साथ हामी सबै सहभागी होइ दिन हुन र हामी सबै सरोकार वालाले सहयोग गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रामपुरमा नेपाली काँग्रेस विजयी