नेपाली चलचित्र निर्देशकलाई राहत दिइने

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका चलचित्र निर्देशकहरूले राहत पाउने भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले अहिले काठमाडौंमा रहेर छाक टार्न समस्या परेका निर्देशक तथा सहनिर्देशकहरूलाई राहत प्रदान गर्ने घोषणा गरेको हो ।

निर्देशक समाजको सोमबार बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । सो विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको महामारीको अवस्थामा चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने सहायक निर्देशक, मुख्य सहायक निर्देशक वा निर्देशकहरूलाई यस महामारीको कारणबाट दैनिक खानपान र स्वास्थ्यको समस्या पर्न गएको खण्डमा यथाशीघ्र सम्पर्क गर्न आग्रह गर्दछौं ।’

निर्देशक समाजका अनुसार कोरोनाका कारण मुलुक ३५ दिनदेखि लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा नेपाली चलचित्रका सबै काम रोकिएका छन् । केही निर्देशक अहिले गाउँ फर्किएका भए पनि धेरै सहनिर्देशक तथा निर्देशक काठमाडौंमा नै छन् । काम नभएका कारण उनीहरूलाई परिवार पाल्न गाह्रो छ । ती निर्देशक तथा सहनिर्देशकलाई छाक टार्न समस्या परेपछि आफूहरूले राहत घोषणा गरेको समाजले एक विज्ञप्तिमार्फत जनाएको छ । समाजबाट राहत लिने निर्देशकको नाम गोप्य राखिने पनि निर्देशक समाजको विज्ञप्तिमा उल्लेख छ । समाजले आफ्ना सदस्यहरूलाई फोन गरेर राहतका लागि पहल सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

epaper

ताजा समाचार

शिक्षामा बजेटको समानुपातिक र आवश्यकतामा आधारित वितरण आवश्यक : मुख्यमन्त्री भट्ट