४ युवकवाट १५ वर्षीया किशोरीमाथि दुष्कर्म

धनगढी । कैलालीमा १५ वर्षीया किशोरी सामूहिक दुष्कर्मको शिकार बनेकी छन् । जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका थप दुई जना फरार छन्।

पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन्। 

किशोरीलाई चार जनाले सामूहिक करणी गरेका बताइएको छ। मंसिर २२ गते करणी भएको भए पनि प्रहरीमा भने ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ।

करणीमा संलग्न रहेको आरोप लागेका १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी भने भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताए । उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ