रहेनन् इरफान खान, चार दिनअघि उनको आमाको निधन भएको थियो

काठमाडौं । बलिउड अभिनेता इरफान खानको आज बुधबार विहान निधन भएको छ । उनी ५४ वर्षका थिए ।
दुई वर्षदेखि क्यान्सरको उपचार गराउँदै आएका खानको मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो ।
सन् १९६६ मा जयपुर राजस्थानमा जन्मिएका खानको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको थियो, जुन अंग्रेजी मिडियम हो । उनी थिएटरबाट सिनेमा क्षेत्रमा आएका थिए ।
पानसिंङ तोमार, द लञ्च बक्स, सलाम बम्बे, मक्बुल, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा उनले अभिनय गरेका थिए ।
जुरासिक वर्ल्ड, स्लमडग मिलिनियर्स, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्रा्ष्ट्रिय ब्लकबस्टर सिनेमामा पनि उनले काम गरेका थिए । चार दिनअघि शनिबार उनकी आमाको निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि इन्जिनियर दम्पती र छोराछोरीसहित चारै जनाको अन्तिम संस्कार