राउटे समुदाय जंगली जडिबुटी खोज्न छाडेर अस्पताल धाउन थाले

दैलेख । जंगली जडीबुटीको विश्वास गर्ने राउटे समुदाय पछिल्लो समय आधुनिक औषधी उपचारमा रमाउन थालेका छन् । पुर्खौं पुर्खादेखी जंगलमै बस्ने,जंगलका गिट्ठा भ्याकुर कन्दमुल खाने,जंगलीजडीबुटीको विश्वास गर्ने राउटे समुदायको औषधी उपचारमा विश्वास बढन थालको हो ।

कुकाठबाट कोशी,आरी झुमा, खाट बनाएर जीविकोपार्जन गर्दै समुदायका युवा भने,औषधी उपचारमा विश्वास गर्न थालेको राउटेका युवा प्रकाश शाहीले बताए । ‘हाम्रा बगालका बुढा मान्छे अस्पतालको औषधी खान मान्दैनन् । हामीलाई औषधी नै राम्रो लाग्छ ।’ उनी भन्छन् ‘ जडिबुटीले कहिले सञ्चो हुने थाहा हुदैन । अस्पतालको औषधी खाएपछि छिटो निको हुन्छ ,विरामी मान्छेले दुःख पाउँदैन ।’ तर आजभोलीले घाउ लाग्दा समेत बुढाबुढीले समेत औषधी खाने गरेको उनले जानकारी दिए ।

औषधी उपचारमा विश्वास गरेपनि राउटे महिलामा अझै पनि गर्भवती चेकजाँच गर्ने,बालबालिका खोप लगाउने काम नगरेको मुखिया सुर्यनारायण शाहीको भनाई छ । हाम्रो महिलाले छाप्रोमा बच्चा जन्माउँछन् ।

उनको भनाई अनुसार राउटे समुदायलाई भगवान जंगलमै बच्चा जन्माउने आर्शिबाद दिएको छ । ‘भगवानले हाम्रा समुदायका महिलालाई बस्तीमै बच्चा जन्माउ भन्यो होला, तपाईको महिलालाई बच्चा जन्माउन अस्पताल जानु भने होलान् ।’ कहिल्यै नमाँझेको पहेँला दाँत देखाउँदै मुखिया शाहीले भने ।

तर राउटे समुदायका महामुखिया महिनबहादुर शाही भने, समयसँगै राउटे पनि परिवर्तन भएको बताउछन् । ‘पहिला हामी तपाईहरुसँग कुराकानी गर्दैन थियौं । औषधी उपचारको के कुरा । आफैले जंगलबाट औषधी खोजेर घाउ निको बनाथ्यौ । आजभोलीका युवाले त चोटपटक लाग्ने वित्तिकै अस्पताल जान्छन् ।’ उनले भने । उनले आफ्नै श्रीमतीको खुट्टामा क्यान्सर हुँदा पहिलो पटक काठमाण्डौं लगेर अप्रेशन गरेका थिए ।

अस्पतालको प्रसंग सम्झदै शाही भन्छन् ‘शुरुमा त बुढीलाई डाक्टरले नयाँ कपडा लगाइदिए । सुई लगाए । बुढी मरिहाल्की भनेर चिन्ता लाग्यो ।’ अप्रेशन गरेपछि घाउँ सञ्चो भएको र अचेल श्रीमती ठमठम हिडन थालेको जानकारी दिए उनले । डा. गुप्तबहादुर श्रेष्ठले श्रीमतीको उपचार गरेको समेत जानकारी छ उनलाई ।

राउटे समुदायमा घुम्ती स्वास्थ्य सेवा सञ्चालनपछि औषधी उपचार गर्न थालेको सामाजिक सेवा केन्द्र सोसेका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । उनले भने,‘घुम्ती शिक्षा,घुम्ती स्वास्थ्य सञ्चालन गरेपछि मात्र उनीहरु औषधी खान थालेका हुन् । आजभोली ज्वरो आउने वित्तिकै,घाउँ लाग्यो भने,विसञ्चो भयो भने औषधी ल्याएर आउनु भनेर फोन गर्छन् ।’ विगत दुई बर्षदेखी राउटे समुदाय एआईएन लक्जवर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख घुम्ती शिक्षा र स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 472 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको 'क्लिन स्विप' , प्रतिस्पर्धीकाे जमानत जफत