राजगढ गाउँपालिकामा सुविधा सम्पन्न प्रयोगशला

राजविराज । सप्तरीको राजगढ गाउँपालिकाका बासिन्दाले अब सस्तो मुल्यमै विभिन्न रोगको स्वास्थ्य परिक्षण सेवा प्राप्त गर्न पाउने भएका छन् । मधेश प्रदेश सरकार र राजगढ गाउँपालिकाद्वारा संयुक्त लगानी र सहकार्यमा सोमबारदेखी “राजगढ जनस्वास्थ्य प्रयोगशाला” संचालनमा आएपछी गाउवासीले सस्तो मुल्यमा विभिन्न रोगको स्वास्थ्य परिक्षण गराउन पाउने भएका हुन् ।

राजगढ गाउँपालिका ४ स्थित बेल्हीचपेना स्वास्थ्य चौकी भवनमा संचालनमा ल्याइएको उक्त प्रयोगशालाको गाउपालिका अध्यक्ष ओमप्रकाश मण्डलले उद्घाटन गरेका छन् । सो अवसरमा अध्यक्ष मण्डलले स्वास्थ्य उपचार सबैका लागि सहज बन्न सकोस् भन्ने उद्देश्यका साथ प्रयोगशाला संचालनमा ल्याइएको बताए ।

उनले निकट भविष्यमै गाउँपालिकाले सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरि संचालनमा ल्याउने तयारी गरेको जानकारी समेत दिए ।

उद्घाटनका अवसरमा गाउपालिका उपाध्यक्ष रेणुदेवी मण्डल, वडा अध्यक्ष अशोक कुमार साह, प्रमुख प्रशासकीय अधिकृत सरोज झा, नायब सुब्बा दिनेश यादब, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डल, जसपा नेपालका राजकुमार मण्डल राजन, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष नन्दकिशोर मण्डल, शिबजी मण्डल, घनश्याम मण्डल लगायतले पनि बोल्दै प्रयोगशालामा गरिब, असहाय तथा विभिन्न समुदायका बिरामीलाई स्वास्थ्य जाँचमा सहुलियत र ठूलो राह पुग्ने विश्वास व्यक्त गरे ।

विभिन्न ६० प्रकारका परिक्षण गरिने प्रयोगशालामा न्यूनतम २५ देखी अधिक्तम १ सय ७५ रुँपैया जाँच शुल्क सर्वसाधारणका लागि तय गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान