१ खर्बको बिमा व्यवसायमा निर्जीवनको हिस्सा २० अर्ब ८८ करोड

काठमाडौं । बिमा कम्पनीहरूले गत साउनदेखि पुससम्ममा कुल १ खर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गर्दा निर्जीवन बिमा कम्पनीहरूले २१ अर्ब ३० करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुससम्म बिमा कम्पनीहरूले १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । जसमध्ये निर्जीवन बिमा कम्पनीहरूले २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन् ।

जीवन बिमा कम्पनीहरूले चालू आवको पुससम्म ८१ अर्ब १७ करोड ८६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । चालू आवको पहिलो ६ महिनामा नेपालका निर्जीवन बिमा कम्पनीहरूले २१ अर्ब ३० करोड रुपैयाँबराबरको व्यापार गरेका छन् ।

बिमा प्राधिकरणका अनुसार १४ निर्जीवन बिमा कम्पनी र ४ लघुबिमा कम्पनीले सो बिमाशुल्क संकलन गरेका हुन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार ६ महिनामा चारवटा लघुसहित १८ वटा बिमा कम्पनीले २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

कम्पनीहरूले गत वर्षको साउनदेखि पुससम्मको तुलनामा यस वर्ष आर्जन गरेको प्रिमियम ९ दशमलव ६० प्रतिशतले बढी हो । निर्जीवन बिमा कम्पनीहरूले गत वर्षको पुसम्ममा १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ प्रिमियम आर्जन गरेका थिए । प्राधिकरणका अनुसार युनाइटेड अजोड र प्रभु इन्स्योरन्सबाहेकका कम्पनीको व्यवसायमा बढोत्तरी देखिएको छ । गत वर्षको तुलनामा कम्पनीको बिमालेख ८ दशमलव शून्य ७ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीहरूले यस वर्ष १५ लाख ५७ हजार बिमालेख जारी गरेका छन् । गत वर्षको ६ महिनामा १४ लाख ४१ हजार बिमालेख बिक्री गरिएको थियो ।

चालू आवको पुससम्ममा शिखर इन्स्योरेन्सले सर्वाधिक २ अर्ब ५९ करोड २ लाख रुपैयाँको प्रिमियम संकलन गर्दा सबैभन्दा न्यून नेसनल इन्स्योरेन्सले ६२ करोड १९ लाख ७४ हजार रुपैयाँ मात्र आर्जन गरेको छ ।

तथ्यांकअनुसार साउनदेखि पुससम्ममा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ५५ करोड संकलन गरेको छ । यसैगरी, सिद्धार्थ प्रिमियरले २ अर्ब १३ करोड, आईजीआई प्रुडेन्सियलले १ अर्ब ७३ करोड र हिमालयन एभरेस्टले १ अर्ब ७१ करोड रुपैयाँ संकलन गरेका छन् । अन्य कम्पनीमा नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड र ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड रुपैयाँ संकलन गरेका छन् ।

लघुबिमा कम्पनीहरूमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले १२ करोड ४१ लाख, प्रोएक्टिभ इन्स्योरेन्सले १० करोड ३५ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ९ करोड ८२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ करोड ६८ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।

नेपाल इन्स्योरेन्सले ४५ दशमलव ७१ प्रतिशत र ओरियन्टल इन्स्योरेन्सले ४३ दशमलव ८९ प्रतिशतको उच्च वृद्धि हासिल गरेका छन् । एनएलजी इन्स्योरेन्सले १२ प्रतिशतले प्रिमियम संकलन वृद्धि गरेको छ । प्रभु इन्स्योरेन्सको ६ दशमलव ७९ प्रतिशत र युनाइटेड अजोडको ७ दशमलव ८६ प्रतिशतले बिमा रकम संकलनमा गिरावट आएको छ ।

६ महिनामा सबैभन्दा बढी बाग्मती प्रदेशबाट बिमा शुल्क आर्जन गरिएको छ । बाग्मती प्रदेशबाट १४ अर्ब २१ करोड ७० लाख रुपैयाँ संकलन भएको हो । यसैगरी, लुम्बिनीबाट १ अर्ब ९० करोड र कोशीबाट १ अर्ब ८५ करोड बिमा शुल्क आर्जन भएको तथ्यांक नेपाल बिमा प्राधिकरणको रहेको छ । बिमा कम्पनीहरूले मधेसबाट १ अर्ब ४३ करोड रुपैयाँबराबरको बिमा शुल्क संकलन गरेका छन् ।

गण्डकीबाट भने १ अर्ब १४ करोडको बिमा शुल्क संकलन भएको छ । सुदूरपश्चिम प्रदेशबाट भने ५४ करोड ५५ लाख रुपैयाँको मात्र बिमा शुल्क आर्जन भएको तथ्यांक छ ।

प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बिमा कम्पनीहरूले मोटर बिमातर्फ ६ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेका छन् । यसैगरी, सम्पत्ति बिमातर्फ ५ अर्ब ४८ करोड रुपैयाँको बिमा गरेका छन् । इन्जिनियरिङ बिमातर्फ ३ अर्ब ७ करोड र सामुन्द्रिक बिमातर्फ १ अर्ब २२ करोड रुपैयाँ संकलन भएको तथ्यांक छ । हवाई बिमातर्फ १ अर्ब १ करोड र कृषि तथा बाली बिमातर्फ ६५ करोड ५० लाख रुपैयाँ संकलन भएको तथ्यांक बिमा प्राधिकरणको छ ।

गत वर्षको पुस महिनासम्म निर्जीवन बिमा कम्पनीले १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँको व्यापार गरेकामा चालू आवको पुस मसान्तसम्म यो बढेर २० अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

कुल बिमा शुल्क संकलन बढे पनि जारी बिमालेखको संख्या भने चालू आवमा २ दशमलव २३ प्रतिशतले घटेको छ । गत वर्ष ६ महिनामा १४ लाख २१ हजार ७६ वटा बिमालेख जारी भएकामा चालू आवमा १३ लाख ८९ हजार ३ सय १९ वटा मात्रै बिमालेख जारी भएको छ । चालू आवको पहिलो ६ महिनामा १४ वटा निर्जीवन बिमा कम्पनीमध्ये चारवटा कम्पनीले मात्रै अघिल्लो वर्षभन्दा बढी बिमालेख जारी गरेका छन् ।

चालू आवको पुस मसान्तसम्म सबैभन्दा धेरै बिमालेख जारी गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले १ लाख ५१ हजार ७ सय ५७ वटा बिमालेख जारी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा