संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–३ मुलखर्कमा सम्पन्न ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिताको उपाधि लिखुभुजी युवा क्लवले.हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको सृजना युवा क्लव धरानलाई रामेछापको लिखुभुजीले १–० को गाल अन्तरले पराजित गरेको हो ।
दोस्रो हाफको ३४ मिनेटमा लिखुभुजीका करण मगरले गरेको गोल निर्णायक बन्न पुग्यो । पेनाल्टीलाई सदुपयोग गर्दै मगरले गरेको गोलले लिखुभुजी विजयी बनेको हो । उपाधि सँगै लिखुभुजीले नगद दुई लाख २० हजार २ सय २२ रुपैयाँ ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सुजना युवा क्लवले नगद एक लाख १० हजार १ सय ११ रुपैयाँमा प्राप्त गर्यो ।
म्यान अफ द म्याच लिखुभुजीका टिम क्यापेन अनिल तामाङ घोषित भएका छन् । सवोत्कृष्ठ खेलाडि सृजना युवा क्लव धरानका नगेन राईले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् । त्यसैगरी उत्कृष्ठ गोल रक्षक लिखुभुजीका मिलन श्रेष्ठले नगद ५ हजार र सर्वाधिक गोलकर्ता चुलाचुलीका स्पोटिङ क्लबका तिर्थ बस्नेत र लिखुभुजी मविच लिम्बुले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
हाङथुम क्लवले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावासीकरण गर्ने उद्देश्यले मादी –३ स्थित मुलखर्क स्थित खेलमैदानमा माघ २१ बाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र सङ्खुवासभाका गरी ८ टिम सहभागी रहेको हाङथुम क्लबका अध्यक्ष असिम जिमीले बताउनुभयो ।