पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले यहाँका होटल तथा रेष्टुरेन्टमध्ये थप ७ वटालाई लोगो स्तरीकरण तथा नवीकरणको प्रमाणपत्र प्रदान गरेको छ ।
कार्यालयले चालु आवमा योसहित तीन चरणमा गरी कुल २१ होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण तथा नवीकरणको प्रमाणपत्र प्रदान गरिएको कार्यालय प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले जानकारी दिए ।
मंगलबार प्रमाणपत्र प्रदान गरिएका ७ मध्ये होटल माउण्ट कैलाश रिसोर्ट, टेम्पल ट्री रिसोर्ट र म्याजेस्टिक लेक फ्रन्ट होटललाई ‘अति उत्तम’ श्रेणीको प्रमाणपत्र दिइएको छ ।
कार्यालयले खाद्य स्वच्छताका आधारमा होटल स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ आधारमा आवश्यक अनुगमन तथा मूल्याङ्कन गरी प्रमाणपत्र दिँदैआएको छ । ‘निर्देशिका आधारमा हामीहरुले विभिन्न ५० सूचकमा आधारित रही मार्किङ गर्छौ,’ श्रेष्ठले भने, ‘तीमध्ये एउटा सूचकको २ अंकभार हुन्छ, ९० भन्दा माथि नम्बर आए अति उत्तम श्रेणीमा पर्छ ।’
उनका अनुसार होटल तथा रेष्टुरेन्टहरूको सेवा, खाद्य स्वच्छता, गुणस्तर व्यवस्थापन र उपभोक्ता सुरक्षाका विभिन्न मापदण्डको मूल्याङ्कन गरी स्तरीकरण गरिन्छ । यसप्रकारको स्तरीकरणले आतिथ्य क्षेत्रको सेवा गुणस्तर अभिवृद्धि गर्नुका साथै ग्राहकलाई होटल तथा रेष्टुरेन्टको स्तर पहिचान गर्न सहज बनाउने विश्वास गरिन्छ ।
कार्यालयले चालु आवमा ७ वटालाई ‘अति उत्तम’, ८ लाई ‘उत्तम’ तथा ६ वटालाई ‘सन्तोषजनक’ श्रेणी प्रदान गरेको जनाएको छ । ‘अति उत्तम’ श्रेणी प्राप्त गर्ने संस्थाहरूमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा, होटल अन्नपूर्ण भ्यु सराङकोट, फ्लीप नेपाल रिसोर्ट र ड्याडिज चिप्लेढुंगा पनि छन् ।
सम्बन्धित समाचार
नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो
बीवाईडी भन्सार छली प्रकरण : सरकारले बनायो छानबिन समिति, नाकामै अनुसन्धान
एक वर्षमा करिब ४० अर्ब बेरुजु फर्छ्यौट
एनसेलले विभिन्न बैंकबाट लिएको १५ अर्ब ८५ करोड रुपैयाँ ऋण जोखिममा
गण्डकी सरकारको बजेट झण्डै ३३ अर्ब
कर्णालीको बजेटमा पूर्वाधार र रोजगारी प्राथमिकतामा
कर्णालीका स्थानीय तहलाई अनुदान वृद्धि
हरेक वर्ष बढ्छ नेपालीको थाप्लोमा ऋण






