लमजुङ । लमजुङमा अन्तरपुस्ता सीप तथा अनुभव विद्यार्थीलाई हस्तान्तरण कार्यक्रम गरिएको छ । लमजुङको राइनास नगपालिका– ८ को तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयमा विद्यार्थीका लागि अन्तरपुस्ता सीप तथा अनुभव हस्तान्तरण कार्यक्रम गरिएको हो ।
सामाजिक विकास कार्यालयको आयोजनामा सो कार्यक्रम गरिएको हो । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूको लागि जेष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव हस्तान्तरण कार्यक्रम गरेको हो । एक दिने अन्तरक्रिया सहितको सो कार्यक्रम सामाजिक विकास कार्यालयका प्रमुख मिताकुमारी थापाको अध्यक्षतामा भएको हो । उनले विद्यार्थीलाई ज्येष्ठ नागरिकबाट अनुशासन, नैतिकता, योग साधना, संस्कार, पूर्वीय दर्शन एवम् राम्रो आचारणको ’boutमा जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा जेष्ठ नागरिक र विद्यार्थी बीच सीप र अनुभव आदानप्रदान समेत गरिएको बताइन् ।
कार्यक्रममा पतञ्जली योगका जिल्ला अध्यक्ष अंगराज घिमिरेले विद्यार्थीहरूलाई जेष्ठ नागरिकको अनुभव तथा जीवन उपयोगी कुराहरूको वारेमा जानकारीसँगै योगको महत्व’bout अभिमुखिकरण गराएका थिए । उनले जीवन जिउने कलाका ’boutमा उदाहरण सहित प्रष्ट्याउने काम गरेका थिए ।
सो कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरूका साथमा शिक्षकहरू समेत ६० जनाले भाग लिएको बीरभक्ति माविका प्रधानाध्यापक नुर महम्मद मियाले जानकारी दिए ।
सामाजिक विकास कार्यालयले यसअघि बेसीशहर नगरपालिका– २ को भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिसकेको थियो भने जिल्लाका अन्य दुई माध्यमिक विद्यालयमा पनि सो कार्यक्रम सञ्चालन गर्ते तयारी रहेको सामाजिक विकास कार्यालयको अल्पकालीन आश्रय केन्द्रका प्रमुख र्सिजना पौडेलले जानकारी दिइन् ।
उक्त कार्यक्रममा राइनास नगरपालिका– ८ का वडाअध्यक्ष कृष्णबहादुर रानाभाट प्रमुख अतिथ्यतामा भएको थियो । उनले जेष्ठ नागरिकलाई हामीले सदैव आदार सम्मान गर्नुपर्ने वताउँदै जेष्ठ नगारिक अनभुवका खानी भएको हुँदा उनीहरूबाट नयाँ पुस्ताले धेरै व्यवहारिक सीप तथा ज्ञान जान्न सकिने वताए ।






